मन्त्री थापाले आत्महत्या बढ्नुको प्रमुख कारणहरूमा असुरक्षित वैदेशिक रोजगारी, बेरोजगारी, आर्थिक कठिनाई, मानसिक स्वास्थ्य समस्या जस्ता विषयहरूलाई औंल्याए । उनका अनुसार यस्ता समस्याको समाधान सामूहिक प्रयासबाट मात्र सम्भव छ।
कार्यक्रममा गण्डकी प्रदेश प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरिक्षक महेन्द्र खड्काले गण्डकी प्रदेशमा आत्महत्याको अवस्थाका बारेमा चर्चा गरेका थिए भने गण्डकी प्रदेशको सामाजिक विकास,युवा तथा खेलकुद मन्त्रालयकी उपसचिव मुना अधिकारीले आत्महत्या रोकथाम सम्बन्धी नीति, कार्यक्रम र यसको स्थितिका बारेमा जानकारी गराइन् । कार्यक्रममा विभिन्न सरोकारवाला निकायहरूबीच भविष्यका लागि स्पष्ट कार्यदिशा तय गर्नेसम्बन्धी छलफलसमेत गरिएको थियो।

