कोटि होम १

फोनिजले मनायो महासंघको स्थापना दिवस

पोखरा, ९ वैशाख ।

नेपाल आदिवासी जनजाति पत्रकार महासघं (फोनिज)ले नेपाल पत्रकार महासंघको ७३ औँ स्थापना दिवस मनाएको छ ।

Nawa Srijana

फोनिज गण्डकी तथा कास्की शाखाले पोखरामा आईतबार संयुक्त रुपमा सत्यनारायण बहादुर श्रेष्ठको योगदान सन्दर्भमा फोनिज संवाद कार्यक्रमको आयोजना गरेको हो ।
संवाद कार्यक्रममा फोनिज संघीय सल्लाहकार हुम तमुले इतिहास, दस्तावेज तथा सत्यतथ्यको आधारमा इतिहास लेखिनुपर्ने बताए । उनले इतिहास शक्ति र सत्तामा रहेकाको मात्रै नलेखिने जिकिर गरे । कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य सरिता तिमिल्सिना पंगेनीले पत्रकार महासंघको महाधिवेशनले संस्थापकको विषय टुंगोमा पु¥याउन भूमिका खेल्ने बताइन् । यसका लागि फोनिजका सदस्यहरु चनाखो हुनुपर्नेमा उनको जोड थियो । उनले रहेक मिडिया हाउसमा जातीय समावेशिता हुनुपर्नेमा जोड दिएकी थिइन् ।

त्यसैगरी फोनिज गण्डकीका ईन्चार्ज एमबी आस्था मगरले सत्यनारायण बहादुर श्रेष्ठ नै पत्रकार महासंघको संस्थापक अध्यक्ष हुन् भन्ने प्रमाण फोनिजको संघीय तहमा प्रमाण सुरक्षित रहेको बताए । सोही प्रमाणका आधारमा महासंघको केन्द्रीय तहले पनि आगामी वर्ष ७४ औं स्थापना दिवस मनाउने वातावरण तयार गर्नुपर्नेमा उनको जोड थियो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका महासचिव गोविन्द सुवेदीले संस्थापक अध्यक्ष को हुन् भन्ने विषयमा भइरहेको विवादलाई सत्य र तथ्यको आधारमा छिटोभन्दा छिटो टुंगोमा पु¥याउनुपर्नेमा उनको जोड थियो । उनले भने, ‘नेपाल पत्रकार महासंघको ७४ औं स्थापना दिवस विवादरहित तरिकाले मनाउने गरी समस्याको समाधान गर्नुपर्छ ।’
नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष बिमला भण्डारीले अहिले पत्रकार खुलेर लेख्न तथा बोल्न सक्ने वातावरण हुनुमा सत्यनारायण बहादुर श्रेष्ठ तथा कृष्णप्रसाद भट्टराई दुवैको भूमिका उत्तिकै महत्वपूर्ण रहेको बताइन् । नेपाल आदिवासी जनजाति पत्रकार महासंगले उठाइरहेको संस्थापक अध्यक्षको विषयमा केन्द्रीय तहबाटै पहल हुनुपर्ने उनको जोड थियो ।
नेपाल आदिवासी जनजाति पत्रकार महासंघ गण्डकी प्रदेशका अध्यक्ष रुद्र श्रीसमगरको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल प्रेस चौतारी केन्द्रीय अनुशासन आयोगका उपाध्यक्ष श्याम कुँवर, नेपाल आदिवासी जनजाति महासंघ गण्डकी प्रदेश समन्वय समितिका मुख्य सचिव सुजन लामा लगायतले संस्थापक अध्यक्षको विषयमा प्रमाणसहित सत्यतामा रहेर बहस र संवाद अघि बढाउनुपर्ने बताएका थिए । कार्यक्रममा फोनिज कास्कीका अध्यक्ष दिलप्रसाद गुरुङले स्वागत गरेका थिए भने फोनिज गण्डकीका महासचिव धनबहादुर गुरुङ ‘सुमन’ कार्यक्रम सञ्चालनले गरेका थिए ।

सामुदायिक प्रहरी
अख्तियार अनुसन्धान
Leave A Reply

Your email address will not be published.