सुचना१
newa srijana

दोस्रो बृहत बाल प्रतिभा पहिचान महोत्सव तथा तथा खेलकुद प्रतियोगिता सकियो

पोखरा। पोखरा । नेसनल प्याब्सन, कास्कीले आयोजना गरेको दोस्रो बृहत बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद प्रतियोगिता – २०८२ सकिएको छ ।

प्रतियोगितामा एन प्याब्सन कास्कीमा आवद्ध ४३ वटा विद्यालयका १ हजार ५ सय विद्यार्थीले विभिन्न विधामा प्रतिस्पर्धा गरेका थिए।

बाल प्रतिभा पहिचान अन्तर्गत सामूहिक लोकनृत्य, एकल गायन, चित्रकला, कविता वाचन, अभिनय, विज्ञान तथा प्रविधि, हस्तकला अन्तर्गत पात, पराल र चोयाबाट निर्मित सामग्रीहरु, र अंङ्ग्रेजी वक्तृत्वकला प्रतियोगिता रहेको थियो।

अंङ्ग्रेजी वक्तृत्वकला प्रतियोगितामा कक्षा ९ देखि १२ सम्मका विद्यार्थीले सहभागिता जनाएका थिए भने अन्य प्रतियोगितामा कक्षा १ देखि १० सम्मका विद्यार्थीहरुको सहभागिता जनाएका थिए ।

खेलकुद प्रतियोगितामा तर्फ कक्षा १ देखि १० सम्मका विद्यार्थीको क्रिकेट र कक्षा ११, १२ को फुटसल प्रतियोगिता भएको थियो ।

यसैगरी फुटसल तर्फको उपाधि कास्की मोडर्नाइज्ड एकेडेमीले हाता पारेको छ । फाइनल खेलमा त्रिबेणी पब्लिक माविलाई १९ रनले पराजित गर्दै कास्कीले उपाधि चुमेको हो । त्रिवेणी दोस्रो हुदा नेसनल क्रियसन एकेडेमी र ज्ञानज्योति विद्याकुञ्ज मावि तृतीय भए ।

फुटसल तर्फको उपाधि न्यु ग्यालेक्सी माविले चुमेको छ । फाइनल खेलमा अक्सफोर्ड स्कुललाई ३–१ ले पराजित गर्दै न्यु ग्यालेक्सीले उपाधि चुमेको छ । अक्सफोर्ड दोस्रो हुदा कास्की मोर्डनाइज्ड एकेडेमी र श्री रत्नज्योति मावि तेस्रो भए ।

चित्रकला प्रतियोगिता तर्फ साइनिङ स्टार बार्डिङ स्कुलकी अन्शु पाण्डे प्रथम, कास्की मोडर्नाइज्ड एकेडेमीकी यूना आले द्धितीय, लाविन रेसिडेन्सियल स्कुलका स्कन्द बम मल्ल तृतीय र न्यू ग्यालेक्सी माविकी दिविका गर्बुजा सान्त्वना भए ।

हस्तकलाप्रतियोगिता (पातबाट बनेका सामग्री) तर्फ ज्ञानज्योति विद्याकुञ्ज माविका युगमाया विश्वकर्मा र सोफिया पुन प्रथम गोर्खा इङ्लिस बोर्डिङ स्कुलका रेस्मा थापा र इप्सा घले तथा हेम्जाबो स्कुलका मन्जु तामाङ र सोनिया पोखरेल द्धितीय, लाविन रेसिडेन्सियल स्कुलका युनिका भारी र आलिशा परियार तृतीय तथा बागमारा एकेडेमी स्कुलका सोफिया अधिकारी र कामना भण्डारी सान्त्वना भए ।

औद्योगिक व्यापार मेला

हस्तकला प्रतियोगिता (पराल÷छ्वाली÷मकैका भुत्लाबाट बनेका सामग्री ) तर्फ सनराइज प्रिपाराटोरी स्कुलका श्रद्धा दाहाल र रस्मि देवकोटा तथा गोर्खा इङ्लिस बोर्डिङ स्कुलका जयस्मिन दुरा र अनुजा पुन प्रथम, न्यू ग्यालेक्सी माविका आशिका भुजेल र रेश्मा कुशुवार द्धितीय, लाविन रेसिडेन्सियल स्कुलका सिम्रन कुमाल र श्रीया के.सी तृतीय तथा कान्तिपुर एकेडेमीका रक्षा गुरुङ र अनु गुरुङ, हिलसाइड इङ्लिस स्कुलका सगुन क्षेत्री र किस्मत थापा सान्त्वना भए ।

हस्तकला प्रतियोगिता (चोयाबाट बनेका सामग्री) तर्फ गोर्खा इङ्लिस बोर्डिङ स्कुलका मञ्जील पुन र असल पुन प्रथम, अल्फा एकेडेमीका समीक्षा परियार र सृष्टी थापा मगर द्धितीय, लाविन रेसिडेन्सियल स्कुलका दिप्सन पुन र दिप्सन वि.क तृतीय तथा सान्त्वना हेम्जा बोर्डिङ स्कुलका विभस रसाइली र प्रयास तामाङ, ज्ञानज्योति विद्याकुञ्ज माविका समिर नेपाली र असिम नेपाली सान्त्वना भए ।

कविता वाचन प्रतियोगिता तर्फ हेम्जा बोर्डिङ स्कुलकी सोनिका तिम्सीना प्रथम, बड्स एकेडेमीकी दिलक्ष्या सुनार द्धितीय, लाविन रेसिडेन्सियल स्कुलकी केभिन तिम्सीना तृतीय र अक्सफोर्ड स्कुलकी लिना गुरुङ सान्त्वना भए ।

विज्ञान तथा प्रविधि प्रतियोगिता तर्फ गोर्खा इङ्लिस बोर्डिङ स्कुलका दिया राना र आरभ थापा प्रथम, एल् पी देवकोटा मेमोरियल स्कुलका सुलभ पौले र शिशिर ओझा द्धितीय, त्रिवेणी पब्लिक माविका दिपेश कडेल र विकास गैरे तृतीय तथा साइनिङ स्टार बोर्डिङ स्कुलका प्रवेश पौडेल र रिजन मल्ल सान्त्वना भए ।

अंग्रेजी वक्तृत्वकला प्रतियोगिता तर्फ कास्की मोर्डनाइज्ड एकेडेमीकी प्रेरणा गुरुङ प्रथम, त्रिवेणी पब्लिक मा.विकी निस्मा गुरुङ द्धितीय, श्री रत्न ज्योतीमा.विकी कन्चन गुरुङ तृतीय तथा ओएसिस सेकेन्डरी स्कुलकी अस्मि लामिछाने र न्यू ग्यालेक्सी मा.विकी जेसिका बानिया सान्त्वना भए ।

एकल अभिनय प्रतियोगिता तर्फ प्रथम अक्सफोर्ड स्कुलका करण बि.क. प्रथम, श्री रत्न ज्योती मा.विका पवन भट्टराई तथा कास्की मोर्डनाइज्ड एकेडेमीका सुजता क्षेत्री द्धितीय, लाविन रेसिडेन्सियल स्कुलका वियस पुर्जा पुन तथा युनिभर्स बोर्डिङ स्कुलकी स्मृति सुवेदी तृतीय, ज्ञान ज्योती बिद्याकुञ्ज मा.विकी जेसिका गुरुङ तथा हिलसाईड ईङ्लिस स्कुलकी इशा पराजुली सान्त्वना भए ।

एकल गायन प्रतियोगिता तर्फ बड्स एकेडेमीका दीपलक्ष्य सुनार प्रथम, कास्की मोर्डनाइज्ड एकेडेमीकी प्रशन्ना गुरुङ द्धितीय, पायोनियर ईङ्लिस एकेडेमीकी अनुपा राई तृतीय र लाविन रेजिडेन्सियल स्कुलका आत्मिक भारी सान्त्वना भए ।

सामूहिक लोकनृत्य प्रतियोगिता तर्फ ज्ञान ज्योती बिद्याकुञ्ज मा.वि प्रथम, बड्स एकेडेमी र त्रिबेणी पब्लिक मावि द्धितीय, लाविन रेजिडेन्सियल स्कुल तृतीय तथा कास्की मोर्डनाइज्ड एकेडेमी सान्त्वान भएका थिए । विजय विद्यार्थी तथा विद्यालयलाई ट्रफि मेडल र प्रमाण पत्र वितरण गरिएको थियो।

कार्यक्रममा बोल्दै पोखरा महानगर पालिका शिक्षा महाशाखाका प्रमुख हेम प्रसाद आचार्यले एन प्याब्सन कास्कीले विद्यार्थीको प्रतिभा पहिचान गर्न उत्कृष्ट कार्य गरेको बताए । एन प्याब्सनका केन्द्रीय उपाध्यक्ष राम बहादुर मोचीले महोत्सव समय सान्दर्भीक भएको बताए ।

नेसनल प्याब्सन कास्कीका अध्यक्ष हेमन्त अधिकारीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव प्रेमराज अधिकारीले गरेका थिए ।

पुल सेन्टर
Sadak 1