सुचना१
newa srijana

छैटौं टाइगर कप भलिबल माघ ९ देखि पोखरा रंगशालामा

पोखरा । छैटौं संस्करणको टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय भलिबल प्रतियोगिता माघ ९ देखि हुने भएको छ।

टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा पोखरा रंगशालामा माघ १७ गतेसम्म आयोजना गरिने प्रतियोगितामा यस पटक नेपाल, थाइल्याण्ड, माल्दिभ्स र भारतका महिला र पुरुष तर्फ सात-सात गरी कुल १४ टोलीको सहभागिता रहने आयोजकले जनाइएको छ।

महिलातर्फ नेपाल पुलिस, नेपाल एपिएफ, त्रिभुवन आर्मी, टिप टप न्यू डायमण्ड युथ स्पोर्ट्स क्लब, एभरेस्ट भलिबल क्लब रुपन्देही र थाइल्याण्डबाट दुई टोली प्रतिस्पर्धामा उत्रनेछन् भने पुरुषतर्फ गण्डकी प्रदेश भलिबल संघ, नेपाल पुलिस, एपिएफ, त्रिभुवन आर्मी, पर्वत जिल्ला भलिबल संघ, माल्दिभ्स र भारतबाट एक-एक टोली खेल्ने टाइगर ग्रुप अफ पोखरा नेपालका अध्यक्ष नारायण प्रसाद शर्माले बताउनुभयो।

सडक महोत्सव

प्रतियोगितामा विजेताले नगद र ६ लाख ६६ हजार ६ सय ६६ रुपैयाँ, उपविजेताले नगद ३ लाख ६६ हजार ६ सय ६६ र तृतीय रहुनेले नगद १ लाख ६६ हजार ६ सय ६६ रुपैयाँ प्राप्त गर्नेछ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले नगद २६ हजार ६ सय ६६ रुपैयाँ सहित शिल्ड र प्रमाणपत्र पाउनेछ। प्रतियोगितामा पहिलो पटक भारत र माल्दिभ्सबाट अन्तर्राष्ट्रिय रेफ्रीहरू खेल खेलाउन आउने जनाएको छ। प्रतियोगिता आयोजनामा करिब एक करोड ८० लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ।

खेल हेर्न दर्शकहरूका लागि ३ हजार ५ सयको अनलाइन सिजनल टिकटको व्यवस्था गरिएको छ भने ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिलाई निःशुल्क प्रवेशको व्यवस्था आयोजकले गरेको छ।

पुल सेन्टर
वडा नं २६