सुचना१
newa srijana

चलचित्र पत्रकार सङ्घ नेपाल कास्कीको अध्यक्षमा सन्तोष बस्याल सर्वसम्मत

पोखरा । चलचित्र पत्रकार सङ्घ नेपाल कास्की शाखा अध्यक्षमा सन्तोष बस्याल सर्वसम्मत  चयन भएका छन् । संस्थाको शनिबार पोखरामा भएको  छैटौँ अधिवेशनले बस्यालको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो। यस अगाडि बस्याल सचिव रहेका थिए ।  

 उपाध्यक्षमा गौरव त्रिपाठी, सचिव सुरेश सुनार, सहसचिवमा सिद्धार्थ गौतम र कोषाध्यक्षमा सुरक्षा श्रेष्ठ चयन भए। सदस्यमा राकेश गुरुङ, प्रेम थापा, विनिता सुनार, सुरज थापा, सागर ढकाल, सुष्मा नेपाली, अभिनन्दन बजिमय र नारायण पौडेल चयन भएको निर्वाचन समिति सदस्य एवं सङ्घका संस्थापक अध्यक्ष श्रीराम सिग्देलले जानकारी दिए । अधिवेशनबाट केन्द्रीय प्रतिनिधिमा आशिष पुरी र मिलन थापा छानिएका छन्। निर्वाचित समितिको कार्यकाल ३ वर्षको हुनेछ । 

नवनिर्वाचित कार्यसमितिलाई सङ्घका केन्द्रीय अध्यक्ष एवं निर्वाचन समिति संयोजक समीर बलामीले शनिबार नै पद तथा गोपनीयताको शपथ गराएका थिए ।

सडक महोत्सव

अधिवेशनको गण्डकी प्रदेशका सामाजिक विकास युवा तथा खेलकुद मन्त्री बिन्दुकुमार थापाले उद्‌घाटन गरेका थिए। उद्‌घाटन सत्रमा  चलचित्र पत्रकार सङ्घ नेपालका अध्यक्ष समीर बलामी,  गण्डकी प्रदेशका प्रेस रजिष्ट्रार विमला भण्डारी, नेपाल पत्रकार महासङ्घ कास्कीका अध्यक्ष माधव प्रसाद बराल, चलचित्र पत्रकार सङ्घ नेपाल कास्की शाखाका संस्थापक अध्यक्ष श्रीराम सिग्देल, पूर्व अध्यक्ष अरुण गिरी, सचिव सन्तोष बस्यालले बोलेका थिए । 

बन्दसत्रमा सचिव बस्यालको वार्षिक प्रतिवेदन र कोषाध्यक्ष सुरक्षा श्रेष्ठको आर्थिक प्रतिवेदन सुझाब सहित पास गरिएको थियो । लामो समय नेतृत्व विहीन भएको कास्की शाखाको अधिवेशन गत भदौमा तय गरिएको भएपनि जेनजी आन्दोलनले स्थगित हुन पुगेको थियो ।

२०६० असार २२ मा तदर्थ समितिको रुपमा सङ्घमा हाल सदस्य सङ्ख्या ८७ पुगेका छन् । सङ्घको नेतृत्व यसअगाडि श्रीराम सिग्देल, शिव शर्मा चञ्चल, रेम बिक, अरुण गिरी र प्रभु अधिकारीले सम्हालिसकेका छन्। यस मध्येमा  गिरीले राजनीतिक पार्टीमा क्रियाशील भएर र अधिकारी वैदेशिक यात्रामा निस्केका कारण कार्यकाल पुरा गर्न भने सकेनन् । चलचित्र पत्रकार सङ्घ नेपालका शाखा मध्ये कास्की शाखा पहिलो भएको दावी गरिन्छ । नयाँ नेतृत्वकाे चयनसँगै अब पुन: संघको क्रियाशिलता बढ्ने अपेक्षा गरिएको छ ।

पुल सेन्टर
वडा नं २६