पोखरा । नेपाली काँग्रेसको तर्फबाट कास्की निर्वाचन क्षेत्र नं २ का उम्मेदवार माधवप्रसाद बास्तोलाले आफूले जनताको समस्या र सुशासनको पक्षमा जोडदार रुपमा आबाज उठाउने प्रतिवद्धता व्यक्त गरेका छन् ।
पोखरा–११ फूलबारीस्थित नेपाली काँग्रेस कास्की निर्वाचन क्षेत्र नं २ को चुनाव प्रचारप्रसार सम्पर्क कार्यालयको शुक्रबार उद्घाटन कार्यक्रममा उनले आफ्नै वडावासीसामु यस्तो प्रतिवद्धता व्यक्त गरेका हुन् ।
राजनीति क्षेत्रमा लागेकै समयदेखि आफू सुशासन, विकास निर्माण र समृद्धिको पक्षमा उभिदै आएकाले कास्की २ का मतदाताले आफूलाई न्याय गर्नेमा विश्वास व्यक्त गर्नुभयो । आफ्नो सम्पूर्ण जीवन इमान्दारपूर्वक राजनीति र समाजसेवामा लागेकै कारण काँग्रेसले आफूलाई टिकट दिएका र चुनावमा होमिएको उनले बताए।

पार्टीमा युवा सभापति भएकै कारण पार्टीका नेता तथा कार्यकर्तामा यतिबेला उत्साह थपिएको छ, उनले भने जेन्जी समुहले उठाएका माग पनि देशको अभिभावकीय पार्टी काँग्रेसले सम्बोधन गर्ने कुरामा विश्वस्त गराउँछु ।
कास्की क्षेत्र नं २ का मतदाताको सुझाव संकलन गर्ने क्रममा अनगिन्ती समस्या आएका छन् ति समस्या समाधानका लागि आफू सक्रिय भएर लाग्ने भनाइ उनको छ । युवा बेरोजगारी र मंहगी नियन्त्रण, पर्यटन, कृषि, सुकुम्वासी समस्या, सुशासन, खानेपानी, ढलनिकास, फोहोर व्यवस्थापन, सडक, पुल, तटबन्द जस्ता समस्या यहाँका मूल समस्याका रुपमा देखिएको पनि उहाँले जानकारी दिनुभयो ।
सो अवसरमा नेपाली काँग्रेसका नेता वीरेन्द्रनारायण विजुक्छे, केशर निर्दोषी लगायतले आफ्ना भनइ राखेका थिए ।





