पोखरा । पोखरा काठमाडौं ईभी लक्जरी बस सेवा शुरु भएको छ । सोफासहित एसी लगायतका सुविधा सम्पन्न बस मार्फत पोखराबाट काठमाडौं र पूर्वतर्फ धरान, विराटनगर र काकडभिट्टामा समेत सेवा दिइरहेको जगदम्बाले पोखरा– काठमाडौं बनेपा धुलिखेल–पोखरा ईभी लक्जरी बस सेवा सुरु गरेको हो ।
एक करोड ६८ लाख रुपैयाँ पर्ने दुई वटा ईभी लक्जरी बस मार्फत सेवा थालेको छ । ईभी लक्जरी बस सेवाको पर्यटन विभागका महानिर्देशक रामकृष्ण लामिछानेले शुभारभ गरे ।
शुभारम्भका अबसरमा पोखरा जगदम्बा ट्रभल्सका अध्यक्ष केशबप्रसाद अधिकारीले ईभी लक्जरी बसमा ३६ सिट क्षेमता रहेको र जहाजका जस्तै सिट सुविधा रहेको बताए । उनले भाडा ९ सय रुपैयाँ तय गरिएकाले विद्यार्थी र सस्तो खोज्ने ग्राहकलाई लक्षित गरेर सेवा विस्तार गरेको बताए ।

ईभी बस बिहान ९ बजे पोखराको पस्र्याङबाट छुटेर लेकसाइड हुँदै पर्यटन बसपार्कबाट ९ः३० मा सेवा दिनेछ । यसैगरी धुलिखेल बनेपामा विहान ७ बजे छुटेर कलंकीबाट बिहान ८ बजे सेवा दिने उनले जानकारी दिए ।
बिगत ७ वर्ष अघिदेखि पोखरा काठमाडौं र पोखरा दिल्ली लक्जरी बस सञ्चालन गर्दै आएको जगदम्बा ट्राभल्सले २९ सिट क्षमता रहेको बसका यात्रुका लागि पोखरा काठमाडौंको भाडादर २५ सय तय तय गरेको थियो । जगदम्बा कम्पनीले मोर्डन ईरा टुर्स एण्ड ट्राभल्स मार्फत पोखरा दिल्ली लक्जरी बस सञ्चालन गर्दै आइरहेको छ ।
अब यात्रुलाई रोजे अनुरुप, २५ सय भाडादेखि १६०० र एक हजार भाडा दरमा काठमाडौं अनि धुलीखेलसम्म जम्मा ९ सयमा सुविधा दिनेगरी जगदम्बाले सेवा सुरु गरेको अधिकारीले बताए ।






