newa srijana

पोखरामा १८डी सिनेमा सञ्चालन, १७ फरक कथात्मक संसारको अनुभव गर्न सकिने

पोखरा । साहसिक गतिविधिका लागि प्रसिद्ध पोखरामा अब मनोरन्जनको लागि थप नयाँ आयाम थपिएको छ । फ्लाइ नेपाल इन्टरटेनमेन्टले पोखरामा शुक्रबारदेखि 18D सिनेमा सञ्चालनमा ल्याएको छ । नेपालमै पहिलोपटक सुरु गरेको यस फ्लाइ नेपालले पोखराको डिज्नील्याण्ड लेकसाइडमा सञ्चालनमा ल्याएको हो ।

महानायक राजेश हमालले सिनेमाको औपचारिक उद्घाटन गरे । हमालले सिनेमाको सहर पोखराले फरक शैलीको अनुभव गर्न पाउने बताए । ‘‘पोखरा आफैमा सुन्दर सहर हो । यहाँ धेरै सिनेमाहरु सुटिङ हुने गर्छन् । सिनेमाको विजनेशको हिसावले पनि पोखरामा मान्ने गरिन्छ । यो सिनेमा मात्र नभएर एउटा नयाँ संसारको यात्रा हो,’’ उनले भने ।

सिटीजन फनिच्रर

फ्लाइ नेपाल इन्टरटेनमेन्टका प्रमुख राम थापाले काठमाडौंमा सफलतापूर्वक सञ्चालन पछि दर्शकको अत्याधिक माया र सकरात्मक प्रतिक्रियाले पोखरामा विस्तार गरिएको बताए । काठमाण्डौंको भन्दा प्रविधिमा राम्रो रहेको उनले सुनाए । उच्च प्रविधि र सिर्जनात्मक कथालाई संयोजन गर्दै आम दर्शकलाई नयाँ किसिमको मनोरञ्जनको अनुभव प्रदान गर्नु फ्लाइ ओभरको लक्ष्य रहेको उनले सुनाए ।

‘‘यो सिनेमाको धेरै विशेषता छन् । १० देखि ३० मिनेटसम्म रोमाञ्चक फिल्मको अनुभव गर्न सकिन्छ । कुनै चश्मा वा हेडसेट बिना प्रत्यक्ष अनुभति लिनको लागि सबै उमेर समूहलाई उपयुक्त हुन्छ,’’ उनको भनाई छ । यस सिनेमा मार्फत १७ वटा फरक फरक कथात्मक संसारमा प्रवेश गर्न सकिने उनले बताए ।

फ्लाइ नेपाल इन्टरटेनमेन्टका निर्देशक हिमाल थापाले साहसिक गतिविधिको सहर पोखरामा सिनेमाको अनुभव अझै फराकिलो बन्ने बताए । ‘‘अब पोखरेली दर्शकले साहसिकता केवल बाहिरी संसारमा मात्र नभई भित्री अनुभूतिमा पनि पाइन्छ,’’ उनको भनाई छ ।

अनिल multipurpose