newa srijana

चैत २८ को पोखरा रात्रिदौड सफल पार्न वडाध्यक्षहरूको सहयोग र समन्वयको प्रतिबद्धता

पोखरा रंगशालामा भएको छलफलमा दौडको रुट पर्ने वडाका अध्यक्षहरूले लाइट व्यवस्था र स्थानीय संघसंस्थासँग समन्वय गर्ने प्रतिबद्धता जनाए।

पोखरा । नेपाली नयाँ वर्षको अवसरमा पोखरामा आयोजना हुने रात्रिकालीन दौड प्रतियोगितालाई सफल पार्न पोखराका वडाध्यक्षले आवश्यक सहयोग गर्ने बताएका छन् । मंगलबार पोखरा रंगशालामा आयोजित सरोकारवालाको छलफल कार्यक्रममा दौडको रुट पर्ने वडाध्यक्षहरूले प्रतियोगितालाई सफल पार्न उत्साहका साथ लाग्ने धारणा व्यक्त गरे।

‎‎पोखरा महानगरपालिका वडा नम्बर ९ का वडाध्यक्ष दीपेन्द्र मर्सानीले पोखरामा केही व्यवसायी चौबिसै घण्टा व्यवसाय सञ्चालनको अवस्थामा रहेको सन्दर्भमा रात्रिकालीन दौडले व्यवसायीलाई प्रवद्र्धन गर्ने बताए । उनले प्रतियोगिता सफल पार्न आफ्नो वडाले विशेष भूमिका निर्वाह गर्ने बताउँदै पोखराको नयाँ ब्राण्ड बन्न सक्ने उदाहरणीय प्रतियोगितालाई सबैले अपनत्वसहितको दायित्वबोध गर्नसमेत सुझाए ।

पोखरा वडा नम्बर ६ का वडाध्यक्ष विष्णुबहादुर भट्टराईले प्रतियोगिता सफल पार्न आवश्यक सहयोगसहित वडाका टोल विकास संस्था, आमा समूह, क्लब र विभिन्न संघसंस्थासँग समन्वय गर्ने प्रतिबद्धता व्यक्त गरे । पोखरा वडा नम्बर ७ का वडाध्यक्ष राममोहन आचार्यले प्रतियोगिताको आयोजक पोखरा क्लिक र पोखरा प्रवर्धन केन्द्र भएपनि यो समग्र पोखरेलीको इभेन्टको रूपमा लिएर रात्रिदौड भएकाले लाइट नपुगेका ठाउँमा आवश्यक लाइटको व्यवस्था गर्ने बताए ।

पोखरा वडा नम्बर ८ का वडाध्यक्ष रुद्र बरालले नयाँ सोचले आएको नयाँ इभेन्टका सहभागी धावकहरूलाई उत्साहित बनाउन वडाबाट पूर्ण सहयोग हुने धारणा राखे । जिल्ला खेलकुद विकास समिति कास्कीका अध्यक्ष मिलन गुरुङले प्रतियोगिता सफल पार्न समितिका तर्फबाट पूर्ण साथ र सहयोग रहने प्रतिबद्धता जाहेर गरे । प्रतियोगिताका प्राविधिक प्रमुख ओम गुरुङले‎ रात्रिकालीन दौडको रोडमा लाइट आवश्यक भएको ठाउँमा व्यवस्थापनका लागि वडालाई जानकारी गराउने बताए ।

सिटीजन फनिच्रर

सरोकारवालाको छलफलमा ५ का वडा अध्यक्ष विष्णुप्रसाद बरालले कार्यव्यस्तताले भौतिकरूपमा सहभागी हुन नसके पनि प्रतियोगितामा आवश्यक सहयोग रहने टेलिफोन जानकारी गराए । प्रतियोगिताका संयोजक दीननाथ बरालले खेलकुदका माध्यमबाट पर्यटन प्रवद्र्धन गर्न रात्रिदौड आयोजना गरिएको बताए ।

उनले पोखराको बाराहीघाटबाट सुरु हुने पाँच किलोमिटरको दौड सेन्टरप्वाइन्ट, हल्लनचोक, जिरो किलोमिटर, सिर्जनाचोक सभागृहचोक, न्यूरोड, चिप्लेढुंगा महेन्द्रपुल हुँदै झण्डा पार्क फल्चामा समापन हुने जानकारी दिए ।

पोखरा पर्वद्धन केन्द्रका उपाध्यक्ष असफल गौतमले राति आयोजना हुने दौडले शहरी गतिशीलता, शान्ति–सुरक्षा, व्यावसायिक प्रवद्र्धन र स्वस्थ जीवनशैलीप्रतिको जागरूकता जस्ता शक्तिशाली सन्देश बोक्ने मात्र नभएर पर्यटकीय राजधानी पोखरामा नेपाली नयाँ वर्षमा प्रर्वद्धनात्मक कार्यक्रम कम भएकाले “जाग्छ पोखरा, दौडाउँछ पोखरा” अवधारणामा रात्रिदौड आयोजना गर्न लागिएको बताए ।

प्रदेश खेलकुद परिषद् गण्डकीको सहकार्यमा यही चैत्र २८ गते हुने प्रतियोगिताका लागि पोखरा वडा नं. ९ ले समन्वय गरेको सो अवसरमा जानकारी गराइयो । मेडिप्लस हस्पिटल एण्ड ट्रमा सेन्टरले हस्पिटल पार्टनरकारूपमा सहयोग गर्ने प्रतियोगिताका लागि केही दिनमै अनलाइन फर्म खुला हुने केन्द्रका सचिव सागर सुनारले जानकारी दिए । उक्त प्रतियोगिताको लागि अटोवेज प्रा.लि. सिटिजन फर्निचर, परिचय एड्भटाइजिङ लगायतका संघ संस्थाको सहयोग रहेको छ ।

अनिल multipurpose