पोखरा । माछापुच्छ्रे गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा माछापुच्छ्रे«को केन्द्र–वडा न।४,लाहाचोकमा बुधवार देखि चौथो माछापुच्छ्रे गाउँपालिका अध्यक्ष कप गण्डकी प्रदेश पालिका स्तरीय पुरुष तथा खुल्ला महिला भलिबल प्रतियोगिता–२०८२ सुरु भएको छ ।
उद्घाटनको पहिलो खेल सुक्ला गण्डकी नगरपालिका तनहुँ र माछापुच्छ्रे गाउँपालिका निलो बिच भएको खेलमा निरन्तर तिन सेटले पछि पर्दै सुक्ला गण्डकीले विजय सुरुवात गरेको छ । आयोजकको खेल तालिका अनुसार दोस्रो खेल अन्नपूर्ण गाउँपालिका र पोखरा महानगरपालिका वडा न।२३ बिच थियो तर आयोजकले तोकेको निर्धारित समयमा वडा २३ उपस्थित हुन नसक्दा अन्नपूर्ण गाउँपालिकालाई आयोजकले आगामी यात्राका लागि विजय घोषण ग¥यो । महिला तर्फ पहिलो खेलमा आयोजक माछापुच्छ्रे« निलो लाई एलिट भलिबल एकेडेमी,नदीपुर पोखराले सोझो ३ सेट जित्दै पछि पार्न सफल भयो । दोस्रो खेलमा शान्ता भलिबल टे«निङ सेन्टरले माछापुच्छ्रे« रातोलाई सोझो ३ सेट जित्दै पछि पार्दै आगामी यात्रा तय ग¥यो ।
कार्यक्रमलाई उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष मीन बहादुर गुरुङले “खेलसँगै पर्यटन प्रवर्द्धन र पर्यटनसँगै संस्कार–संस्कृतिको जगेर्ना गर्न सकिने बताए । खेल अनुशासनको प्रतीक भएको उल्लेख गर्दे अनुशासनसहित खेल प्रस्तुत गर्दै उपाधि हात पार्न सहभागी सबै टिमलाई शुभकामना दिए ।
उपाध्यक्ष सीता अधिकारीले गाउँपालिकाले खेलकुदलाई महत्त्वपूर्ण प्राथमिकतामा राख्दै विभिन्न समयमा पालिकाभित्र विभिन्न विधाका प्रतियोगिता सम्पन्न गर्दै आएको बताइन। खेल अनुशासन र भाइचाराको महत्त्वपूर्ण माध्यम भएको उल्लेख गर्दै खेलकुदले समाजमा एकता र सद्भाव बढाउने विश्वास व्यक्त गरिन ।

कार्यक्रममा वडा नं। ४ का वडा अध्यक्ष मधुसूदन अधिकारीले पालिकाले खेलकुदका माध्यम बाट पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले विभिन्न वडामा खेलकुद प्रतियोगिता सञ्चालन गरेको स्मरण गर्दै चौथो अध्यक्ष कप भलिबल प्रतियोगिता लाहाचोक गाउँमा सञ्चालन गर्ने पाउँदा पर्यटन प्रवर्द्धन थप टेवा पुग्ने विश्वास व्यक्त गर्दै सम्पूर्णमा हार्दिकता साथ स्वागत व्यक्त गरे ।
माछापुच्छ्रे गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत केशव सुवेदीको अध्यक्षतामा भएको कार्यक्रमको स्वागत वडा न ४ का अध्यक्ष मधुसूदन अधिकारीले गरेका थिए भने सञ्चालन खेलकुद विकास समिति सदस्य सचिव हुम व। गुरुङले गरेका हुन ।
माछापुच्छ्रे गाउँपालिका वडा नं।४ लाहाचोकको व्यवस्थापन र माछापुच्छ्रे गाउँपालिका भलिबल संघको समन्वयमा चैत्र ११ देखि १४ गते सम्म प्रतियोगिता चल्नेछ ।
पुरुष तथा महिला भलिबलमा विधागत उत्कृष्ट खेलाडी, उत्कृष्ट स्पाई कर, मिडिल ब्लकर, डिफेन्डर, सेटर सर्भर, उदयमान खेलाडी र प्रशिक्षकलाई पालिकाको लोगो अङ्कित खेलकुद पोसाक पुरस्कार प्रदान गरिने छ ।




