newa srijana

Matrix Fight Night मा पहिलो राउन्डमा सबमिसनबाट जित हात पारेका युकी आङदेम्बेलाई सम्मान

पोखरा । नेपाली MMA खेलाडी युकी आङदेम्बेले भारतमा ऐतिहासिक जित हात पारेपछि ‘Brothers There For We (BTFW)’ संस्थाले काठमाडौंमा भव्य सम्मान कार्यक्रम आयोजना गर्‍यो।

युकीले गत मे २ मा भारतको Matrix Fight Night 18 मा भारतीय खेलाडी मन्दीप प्रजापतिलाई पहिलो राउन्डमै सबमिसनबाट पराजित गरेका थिए।सम्मान कार्यक्रममा BTFW ले युकीलाई सम्मानपत्रसहित रु. ५०,००० नगद हस्तान्तरण गर्‍यो। उपस्थित सबैले तालीका साथ उनलाई बधाई दिए।

World link net

कार्यक्रमका प्रमुख अतिथि अर्थो तथा ट्रमा सर्जन डा. बुलन्द थापाले MMA लाई सम्मानित तथा चुनौतीपूर्ण खेल भन्दै युकीको उपलब्धिको सराहना गरे। उनले BTFW को सामाजिक कार्यको पनि प्रशंसा गरे।

BTFW का संस्थापक बिपिन कार्कीले भिडियो सन्देशमार्फत संस्थालाई अन्तर्राष्ट्रिय स्तरमा विस्तार गर्ने लक्ष्य रहेको बताए। संस्था मानसिक स्वास्थ्य सचेतना, राष्ट्रिय खेलाडीहरूको सहयोग र पशु उद्धार अभियानमा सक्रिय छ।

कार्यक्रमको समापनमा BTFW का अध्यक्ष कुशल भण्डारीले सम्पूर्ण अतिथि तथा सहयोगीहरूलाई धन्यवाद दिए।

सिटीजन फनिच्रर