newa srijana

गोल्छासँगको सहकार्यसँगै एमजीको नयाँ शोरुम सञ्चालनमा

पोखरा । जेएसडब्लू एमजी मोटर इन्डियाले गोल्छा अर्गनाइजेशनसँगको रणनीतिक साझेदारीमार्फत काठमाडौंको थापाथलीमा नयाँ एमजी डिलरशिप सञ्चालनमा ल्याएको छ।

नयाँ शोरुममा एमजी कमेट ईभी र एमजी विन्डसर ईभी लगायतका मोडलहरू उपलब्ध छन्। सीमित अवधिका लागि एमजी कमेट ईभी रु. १८,७५,००० र एमजी विन्डसर ईभी रु. ३९,७५,००० को प्रारम्भिक मूल्यमा पाइनेछ।

World link net

नेपालका लागि डिलर प्रिन्सिपल आकाश गोल्छाले एमजीका विश्वस्तरीय गाडीहरू नेपाली ग्राहकसमक्ष ल्याउन पाउनु महत्वपूर्ण अवसर भएको बताए। उनले आधुनिक पूर्वाधार र उत्कृष्ट ग्राहक सेवामा केन्द्रित भएर डिलरशिप तयार गरिएको र नेपाली बजारमा एमजी ब्रान्डको दीर्घकालीन उपस्थिति निर्माण गर्ने लक्ष्य रहेको जानकारी दिए।

सन् १९२४ मा बेलायतमा स्थापना भएको एमजी ब्रान्ड आफ्ना स्पोर्ट्स कार र आकर्षक डिजाइनका कारण विश्वभर परिचित छ। बेलायती प्रधानमन्त्रीदेखि शाही परिवारसम्मले यो ब्रान्डका गाडी प्रयोग गर्दै आएका छन्। पछिल्लो १०० वर्षमा एमजी आधुनिक र नवप्रवर्तनशील ब्रान्डका रूपमा विकसित भएको छ। भारतको गुजरातस्थित हलोलमा रहेको यसको उत्पादन केन्द्रमा वार्षिक १ लाखभन्दा बढी सवारीसाधन उत्पादन हुन्छ।

सन् १९३० मा स्थापित गोल्छा अर्गनाइजेशनअन्तर्गतको जी.ओ. अटोमोबाइल्स प्रा. लि. नेपालका अग्रणी अटोमोबाइल आयातकर्तामध्ये एक हो। जेएसडब्लू एमजी मोटर इन्डिया भने ग्लोबल फर्च्युन ५०० कम्पनी एसएआईसी मोटर र भारतको जेएसडब्लू ग्रुपको संयुक्त साझेदारीमा सन् २०२३ मा स्थापना भएको हो।

 

सिटीजन फनिच्रर