newa srijana

१० औं रारा पोखरा स्पोर्ट्स अवार्ड : भलिबलका राजन दर्लामीमगरलाई पिपल्स च्वाइस अवार्ड

पोखरा  । दशौं रारा पोखरा स्पोर्टस् अवार्डमा भलिबलका राजन दर्लामीले पिपल्स च्वाइस अवार्ड जितेका छन् ।

नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा बिहीबार पोखरामा भएको कार्यक्रममा दर्लामीलाई अवार्ड प्रदान गरिएको हो । पिपल्स च्वाइस अवार्डको विधामा दर्लामीसँगै फुटबलका दीप कार्की, एथ्लेटिक्सकी नारायणी भण्डारी, आइटिएफ तेक्वान्दोकी सुस्मिता थापा र क्रिकेटका विपित खत्री मनोनयनमा परेका थिए । दर्शकको भोटका आधारमा सबैभन्दा बढि मत प्राप्त गर्ने दर्लामीलाई उक्त अवार्ड प्रदान गरिएको हो । खल्ती एपमार्फत प्राप्त भोटलाई यस विधामा मान्यता दिइएको थियो ।

पिपल्स च्वाइस अवार्ड जितेका भलिबल खेलाडी राजन दर्लामीले अवार्डसँगै हिरोहोन्डाको जुम स्कुटर प्राप्त गरेका छन् । उनलाई सिजी मोटर्स प्रालि पोखरा लागि आधिकारित विक्रेता द अफि ट्रेडका सञ्चालक लेखबहादुर थापा, गुरुङ गहना घरका सञ्चालक सिमा गुरुङ, खल्ती बाई आईएमर्ई गण्डकीका संयोजक इण्डिज बस्नेत, पोखरा स्पोर्ट्स अवार्डका संस्थापक सन्देश श्रेष्ठले अवार्ड, स्कुटर र प्रमाणपत्र अर्पण गरेका थिए ।

राजन दर्लामी मगर १३ वर्षको उमेरदेखि नै भलिबल खेलिरहेका छन् । जब उनी भलिबल कोर्ट उत्रिन्छन्, उनका फ्यान राजनको पक्षमा हुटिङ गरिरहेका हुन्छन् । स्याङ्जाको चापाकोट ५, सेखामका यी लिबेरोले हालै छैटौं संस्करणको टाइगर कप भबिबल प्रतियोगिता र नवलपुरमा भएको दोस्रो संस्करणको जिएम कपमा टिमलाई उपाधि दिलाउन महत्वपूर्ण योगदान दिएका थिए । जिएम कपमा त उनलाई बेस्ट डिफेन्डरको उपाधि दिइएको थियो । रुकुमको टकसेरामा गत वर्षको ३० औं वार्षिक राष्ट्रिय भलिबलमा पनि उनको टिम तेस्रो हुन सफल भएको थियो ।

World link net

उनले हालै सम्पन्न पिएम कप एनभिए भलिबल लिगमा बेस्ट डिफेन्डरको उपाधि जितेका थिए । त्यसअघि, २०७७ सालको टाइगर कप होस् वा ०७३ सालको काठमाडौंमा सम्पनन नयाँबजार राष्ट्रिय च्याम्पियनसिपमा पनि सोही उपाधि हात पारेका थिए ।

२०६२÷६३ सालयता विभिन्न ठाउँ पुगेर उनले थुप्रै प्रतियोगितामा भाग लिएको अनुभव सुनाउँछन् । उनी सम्मिलित रुकुम भलिबल टिम फेरि विदेशमा काभा खेल्न जाँदैछ ।

गाउँघरमा भलिबल खेल्दाखेल्दै उनमा खेलप्रति मोह जागेको रहेछ । बीचमा सिंगापुर पुलिसमा देखाएका उनी असफल बनेपछि कोरिया जान भाषा परीक्षा पनि नपढेका होइनन् । आखिर उनलाई भलिबलबाटै नाम दाम कमाउन लेखेको रहेछ ।

उनी भन्छन्, पिपल च्वाइस अवार्डमा पर्नु नै मेरो लागि सफलता हो । नेपालको राष्ट्रिय खेल भलिबलको विकासका लागि सम्पूर्ण संघसंस्था तथा सरकारी पक्षबाट सहयोग हुनुपर्छ ।’ आफ्नो सबै रहर सबै कुरा त्यागेर खेलिरहेको छु, राज्यको लागि खेल्ने खेलाडीहरुका लागि केही न केही राहतहोस् ।’

 

सिटीजन फनिच्रर