newa srijana

गत वर्षको विजेता हिमालयन बोर्डिङलाई हराउँदै स्पाइरल ग्लेक्सी स्कुल वडाध्यक्ष कपको सेमिफाइनलमा

पोखरा  । गत वर्षको विजेता हिमालयन बोर्डिङ स्कुललाई टाइब्रेकरमा ५–४ गोलअन्तरले पराजित गर्दै स्पाइरल ग्लेक्सी स्कुल पाँचौँ संस्करणको अन्तरविद्यालय वडाध्यक्ष कप फुटबल प्रतियोगिता २०८२ को सेमिफाइनलमा प्रवेश गरेको छ । निर्धारित समयमा दुवै टोलीबाट १–१ गोल भएपछि खेल टाइब्रेकरमा पुगेको थियो । स्पाइरल ग्लेक्सीका प्रमिस रत्न ‘म्यान अफ द म्याच’ घोषित भए ।

गतबर्ष हिमालयन बोर्डिङ स्कुलले चौथो संस्करणको अन्तरविद्यालय वडाध्यक्ष कप फुटबल प्रतियोगिता २०८१ को उपाधि जितेको थियो । हिमालयनले फाइनलमा एल.पी. देवकोटा मेमोरियल स्कुललाई २–० गोलअन्तरले पराजित गर्दै उपाधि जितेको थियो । विहिबार ३ वटा पि—क्वाटर फाइनलका खेलहरु सम्पन्न भएको खेल संयोजक बिकास रानाभाटले बताए ।

World link net

शिशु निकेतन इङसिल सेकेण्डरी स्कुलले शिशु कल्याण स्कुललाई २–१ गोलअन्तरले पराजित ग¥यो । शिशु निकेतनका सञ्जित जङ थापा ‘म्यान अफ द म्याच’ घोषित भए । त्यसैगरी वेस्टपोइन्ट बोर्डिङ स्कुललाई १–० गोलअन्तरले हराउँदै शान्ति निकुञ्ज बोर्डिङ स्कुलले अन्तिम आठमा स्थान बनायो । खेलमा उत्कृष्ट प्रदर्शन गरेका उज्ज्वल रोकाले ‘म्यान अफ द म्याच’ उपाधि हात पारे । त्यसै गरी अर्को पि—क्वाटरफाइनल खेलमा बालोदय बोर्डिङले छोरेपाटन माविलाई २–१ गोलअन्तरले पराजित ग¥यो । बालोदयका निसान भुजेल ‘म्यान अफ द म्याच’ घोषित भए ।

प्रतियोगिताअन्तर्गत भोलि (शनिबार) तीन वटा क्वाटरफाइनल खेल सञ्चालन हुने म्याच कमिस्नर गोपाल थापाले जानकारी दिए । खेलकुदको शहरका रूपमा परिचित पोखरामा विद्यालयस्तरीय फुटबल खेलको विकास तथा ग्रासरुट तहबाट खेलाडी उत्पादन गर्ने उद्देश्यसहित उक्त प्रतियोगितालाई निरन्तरता दिइएको क्लवका अध्यक्ष रमेशप्रसाद बरालले बताए ।

पोखराको ड्यामसाइड क्लबको आयोजनामा तथा पोखरा महानगरपालिका वडा नम्बर १७ को प्रवद्र्धनमा गण्डकी प्रदेश प्रहरी गण (ड्यामसाइड) को खेल मैदानमा प्रतियोगिता जारी रहेको छ । प्रतियोगिता यही जेठ १७ गतेसम्म संचालन हुने भएको हो ।

सिटीजन फनिच्रर