नासोको पासो
नेपालमा धेरै चाडपर्व आउछन । बिदेश गएका यिनै पर्व मनाउन तथा आफ्नो बिदा मनाउन नेपाल फर्किन्छन । जव बिदेशिएका वर्षौ पछी दशैमा घर फर्किनेको संख्या बढछ तव मात्र चाडबड शुरु भएको भान हुन्छ । परिवार सहित स्थाई बसोबास गर्न अमेरिका गएकाहरु बच्चाबच्ची सहित समर भ्याकेसन (गर्मी बिदा) मनाउन नेपाल आउछन पुरानो घरगाउ र पातलिएको सम्बन्धमा चमक आउछ । तर यही बेला उता कसैको मनले भनिरहेको हुन्छ, अव त आफुलाई चाहिएको मोबाइल तथा सामान मगाइ हाल्नुपर्छ नत्र दशै खल्लो हुन्छ । अहिलेको नया लेटेस्ट आइफोन प्रो कस्लाइ चाहिएको छैन र रु आफ्नै मान्छे नआए पनि उस्को साथीसग नासो पठाइहाल्छ नि किन पिर गर्नु, मैले सामान पाए त भै त गयो । यस्तै सोचीरहनु भएको होला, सायद बिदेशमा आफन्त हुने र नेपालमा आफन्त हुने सवै नेपालीको ब्याथा कथा एकै हो । तपाईलाई थाहा छ त्यो नासो कहिले काही पासो बनिरहेको हुन्छ । कसरी त रु आउनुहोस नासोको पासोले बनाएको दुखेसो पोखौ ।
एक ब्यक्ति बर्षौ बिदेशको बासले घरमा जान नपाएर आत्तिएको हुन्छ अचानक उसलाई केही दिनलाई छुट्टी मिल्छ, नेपाल जान टिकट काट्छ । रमाएर घरमा फर्कने आफ्ना आफन्त भेटघाट गर्ने र छोटो छुट्टीको रमाइला दिन कटाएर आनन्दले फर्कने योजना बनाउछ । तर जव उस्को घर फर्कने योजना साथी र आफन्तलाई थाहा हुन्छ तव उसलाई पासोमा पार्न सुटकेस मै नअट्ने र कोटा भन्दा धेरै नासो आइपुग्छ । बिचरा लैजान्न भन्न सक्दैन दुखी मनले मुस्कुराउदै भैहाल्छ भन्छ अनी सुटकेसमा अटसमटस कोच्न थाल्छ । फेरी नेपालबाट फर्किदा पनि उसैको सामान घिउ, कुराउनी, गुन्दु्रक, मस्यौरा बोक्नु पर्छ , बिना पारिश्रमिकको गधा बन्नु पर्छ हैरानी ब्यहोर्नु पर्छ ।
बिदेशबाट अरुको नासो बोकेर ल्याउने सस्कृती सायद हामी नेपालीको मात्र होला । यो असभ्य र अविकसित मानसिकताको प्रतिक हो । साच्चै भन्दा कुप्रथा नै हो किनकी अरुको सामानले कति झन्झट बेहोर्नु पर्छ अरु मुलुकका यात्रुलाई स्पस्ट थाहा छ । खासगरी अत्यावस्यक सामान बाहेक यात्रामा धेरै सामान बोक्नु हुदैन भन्ने मान्यता प्राय सवै बिकसित मुलुकका यात्रुमा छ । त्यसैले मेरो लगिदे न भन्ने हाम्रो जस्तो कल्चर अरु देशमा छैन । छोरा छोरी आमा बाबु सगै यात्रामा निस्के पनि आ आफना सुटकेस हुन्छन त्याहा कसैको सामान कसैले बोकिदिदैन । फेरी प्राय अन्तराष्ट्रिय एयरलायन्सले २३ केजीका २ सुटकेस लगेज गर्न दिन्छ भने ७ केजीसम्मको सानो हाते झोला लैजान पाइन्छ । त्यो भनेको सामान्य आफ्ना केही जोर कपडा र अत्यावश्यक सामान मात्रका लागि ठिक्क हुन्छ । त्यस भन्दा वढि सामान लैजान पैसा तिर्नै पर्छ । इन्डीयन यएरलायन्सले मात्र एक सुटकेस ३२ केजीको अनुमती दिन्छ । यस्तै अमेरिकाको डोमेस्टिक यात्रा गर्दा प्राय स्थानिय यएरलायन्सहरुले सामान्य एक हाते झोला बाहेक अरु सवै लगेज पैसा तिर्न लगाउछन । कहिले काहि नेपालबाट गएको यात्रु डाइरेक्ट टिकट काटेको छैन भने नेपालबाट लगेको घीउ मसला गुन्द्रुक र नेपाली रुपया तिरेर किनेका बस्तु जहाजमा बोक्न महडगो डलर तिर्नु पर्छ । कती सामानले त भन्सारमा अप्ठयारो हुनुको साथै नसियत दिने र समस्यामा पनि पार्दछ ।
एक पटकको कुरा हो म अमेरिकाबाट नेपाल फर्कदै थिए मेरो आत्मिय साथीले मोबाइल, ल्यापटप र अन्य धेरै सामान भिराए । उनले अर्को साथीलाई पनि म नेपाल जादैछु भन्ने खवर गरे उस्ले हतार हतार एयरपोर्टमा नै आएर आफ्नो छोराको माग छ भनि ठुलो टोय ल्याए । नलैजाउ नजिकको साथी लैजाउ मेरो तौल पुगिसकेको थियो । म सग सुटकेसमा ठाउ नभएकाले अको एक झोला किनेर हाले र एयरपोर्ट भित्र छिरे । लामो लाइन कटेर सुटकेस बुझाउदा बढी तौल हुनुको साथै मेरो थप एक झोला भएकाले पैसा तिर्नु परयो । त्यसै कारण म निकै ढिला भए भने उता मुख्य सेक्युरिटीको लाइन लामो भएकाले अर्को आपत आयो । फेरी मेरो हाते झोलामा साथीले एक मिठाइको पोका पनि राखिदिएका रहेछन । सेक्युरिटीले भित्र बोलाएर चेक गर्यो पोका खोल्न लगायो । निकै तनाव पछी बल्लतल्ल एयरपोर्ट पास भएर नेपाल पुगे पछी फेरी त्यो सवै सुटकेस घकेल्दै घरमा पुर्याउदा साथीको सामानको ब्याग एयरपोर्ट सेक्युरिटीले फोरेको पाइयो । सायद उनीहरुले मैले फोरेको ठाने होलान तर मैले पाएको दुख के थाहा रु
म नेपालबाट पहिलो पटक अमेरिका जादै थिए एक मेरो साथी परिवार सहित अमेरिका थिए । उनको नेपालका आफन्तले धेरै जिन्सका पाइन्ट र अन्य के के खानेकुराका सामान लगायत भटट, कुरौनी पठाएका थिए । मलाई लागेको थियो त्यो अमेरिकामा जिन्स कपडा साथै भटट, कुरौनी पाउने रहेन छ क्यारे । पछी त्यहा गएपछी थाहा भयो नेपालमा पाइने खानेकुरा अमेरिकामा नपाइने केही रहेनछ । अहिले त अनलाइनले नेपालका हरेक चिजबस्तु अमेरिकाको घरघरमै आउछ । कुरा रह्यो जिन्सको ,संसारमा नै जिन्स कपडाको प्रचलन भएको नै अमेरिकामा हो भने जे जस्तो खोज्यो त्यस्तै पाइन्छ तर किन नेपालबाट मगाए होलान म अझै अनुत्तरित छु । एक पटकको कुरा हो म अमेरिका भर्खरै गएको थिए खासै केही थाहा थिएन म सगै एक नेपाली साथी सगै काम गथ्र्यौ । उनको लगाएको कपडा उध्रेकोले सियो चाहिएको थियो । एक साथी मार्फत नेपालबाट सियो मगाएका थिए । सियो आइपुग्यो अर्को दिन हामी बस्ने नजिकैको वालमार्ट घुम्न जादा देखियो त्यही १ डलरमा २० वटा भन्दा वढी थरीथरी साइजका सियोहरु किन्न पाइदो रहेछ ।
नेपाली परम्परामा नासो वा कोशेली लाने लैजाने भरिया बनाउने प्रचलन लाहुरे सस्कृतीबाट आएको पाइन्छ । पहिले कुनै सञ्चारको साधन र संसार यती धेरै बजारमुखी थिएन । जव कुनै पल्टनको साथी घरमा जादैछ भने सगैको साथीले मेरो घरमा पनि पुगेर सञ्चै छ भनि दे है भन्दै केही सामान सहित चिठ्ठी पैसा ल्याइन्थ्यो । त्यसरी कोसेली पठाउनेको घरमा पुगेर दिने सामानलाई नासो भनिन्छ । तर अहिले जमना स्मार्ट फोनमा छ हाल खवर थाहा पाउन चिठ्ठी लेखिरहनु प्रदैन तर हामी नेपालीको मानसिकता र ब्यावहार त्यही हुलाके चिठ्ठी कै छ । नासो लानेले आनाकानी गरे निकै भनाई पाइन्छ । उस्का पनि सामान हुन्छन लगाउने कपडा हुन्छन र एयरपोर्टबाट जहाजमा उठाउन कति गाह्रो हुन्छ भन्ने के थाहा रु अमेरिका जस्तो देशमा बसेका सभ्य हु भन्ने हु भन्नेहरु पनि यदी कोही नेपाल जादैछ भने उसग कति सकिन्छ नया मोबाइल, घडी र थुप्रै इलेक्ट्रोनिक सामान पठाउने प्रचलन अहिले पनि प्रसस्तै छ । नेपालको एरपोर्टमा कतिवटा मोवाइल र इलेक्ट्रोनिक्स डिभाइस लैजान पाइन्छ भन्ने थाहा हुनेहरु नै यसो गरेका हुन्छन । कतिपय सामान त अमेरिका भन्दा नेपालमा सस्तो पाइन्छ किनकी अमेरिकाको बजार पनि उही चाइनिज सामानले भरिएको त छ । अमेरिकामा किन्ने कपडा चाइना, भारत र बंगलादेशका हुन्छन त्यही ल्यापटप र आइफोन पनि त चाइनाको नै हो भन्ने कमै नेपालीलाई थाहा छ ।
यो नासो पासो यो अर्थमा पनि हो कि हाम्रो नेपालको कानूनले पनि यदी कसैको नासो राखिएको, ल्याइएको छ भने टुटेफुटेमा क्षतिपुृर्ती दिनुपर्छ भन्छ । तर नासो ल्याउदा उसलाई कुनै फाइदा छैन उल्टो बेफाइदा र बिभिन्न भनाई खान परिरहेको हुन्छ । कतिपय खाडीका मुस्लिम देशहरुमा नेपालको भाड। गाजाको गेडाबाट बनेको अचार प्रतिबन्ध छ अर्थात लागू औषध ठानिन्छ । यसरी कसैको नासो भनेर लगेको अचार एयरपोर्टमा समाइएर जेल परेका घटना प्रसस्तै छन ।
अमेरिका प्रबेश गर्दा एयरपोर्टमा आफुले के के सामान ल्याइएको छ सवै कुरा एक र्फममा भरेर बुझाउनु पर्छ । अमेरिकामा सामान्यतय कुनै पनि खानेकुराहरु , बिउबिजन र अन्य रोग संक्रमण हुने खाले चिजबस्तु लैजान रोक लगाएको हुन्छ । र्फममा आफुले ल्याएको बस्तु छैन भन्दा पनि ढाटेको ठानी समस्यामा पर्न सकिन्छ भने ल्याएको बस्तु जस्ताको तस्तै लेख्दा लैजान प्रतिबन्ध भएकाले एयरपोर्टमा नै फ्याक्नु पर्ने वा अप्ठारोमा पर्न सक्ने सम्भावना पनि रहन्छ ।
अस्ती भर्खरै अष्ट्रेलियाको एयरपोर्टमा एक नेपालीले लगेको खानेकुरा खानतलासी र अनुन्धान गर्दा के देखिएछ उसलाई हत्कडी लगाई पक्राउ गरेको टिभिमा देखाइरहेको थियो । सायद उस्को त्यो कोशेली हुनसक्छ यदी उसैको भए किन त्यस्तो खानेकुरा आफु अप्ठारोमा पर्न लैजान्थ्यो होला । जे होस नासो कहिलेकाही पासो बन्छ कहिले दुखेसोको मेसो बन्छ । पठाउने र पाउने त खुसी हुन्छन होला तर बोक्ने भरियाको हैरानी नासो बोक्नेले मात्र मेसो पाउछ ।
७ मंसिर २०८१, शुक्रबार