newa srijana

पोखरामा ‘पेन्सन पट्टा’को विशेष शो

सामाजिक यथार्थ, गुरुङ संस्कृति र लाहुरे जीवनको कथाले दर्शकको ध्यान तान्यो

पोखरा । मिडटाउन सिनेमाजमा मंगलबार चलचित्र ‘पेन्सन पट्टा’को विशेष शो सम्पन्न भएको छ। विशेष शोमा गण्डकी प्रदेश तथा पोखराका राजनीतिक, प्राज्ञिक, सामाजिक र सांस्कृतिक क्षेत्रका व्यक्तित्व सहभागी भएका थिए।

विशेष शोमा गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्री खगराज अधिकारी, पूर्वमन्त्री एवं सांसद पञ्चराम गुरुङ, सांसद सरस्वती गुरुङ, पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य, उपप्रमुख मञ्जुदेवी गुरुङ, गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपति डा. कुश्माकर न्यौपाने, पोखरा प्रज्ञा प्रतिष्ठानका कुलपति सरस्वती प्रतीक्षा तथा नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका प्राज्ञ एवं गायक विनोद बानियाँलगायत सहभागी थिए। पोखरेली युवा सांस्कृतिक परिवार, पोखरा सांगीतिक कलाकार संघ र गुरुङ फिल्म एसोसिएसन नेपालका प्रतिनिधिको पनि उपस्थिति थियो।

चलचित्रले गाउँको सामाजिक जीवन, भूतपूर्व गोर्खा सैनिकको जीवन, परिवार, संस्कार र प्रेमलाई कथाको आधार बनाएको छ। ताङतिङ, भुजुङ, पोखराको खुदीखोला तथा बेगनास आसपासका क्षेत्रमा छायांकन गरिएको चलचित्रमा पहाडी भूगोल र स्थानीय जीवनशैलीलाई कथासँग जोडिएको छ।

Mountain run pokhara click

पूर्वमुख्यमन्त्री अधिकारीले चलचित्रको सामाजिक विषयवस्तु मन छोएको बताए। चलचित्रले उठाएका विषय समाजकै ऐनाजस्तो लागेको उनको प्रतिक्रिया थियो।

पूर्वमन्त्री एवं सांसद पञ्चराम गुरुङले चलचित्रको दुई घण्टाको समय बितेको पत्तै नभएको बताए। समाज, परिवार, संस्कार, लाहुरेको प्रेम र जीवनसँग जोडिएको कथालाई प्रभावकारी रूपमा प्रस्तुत गरिएको र कलाकारको अभिनय पनि जीवन्त लागेको उनले बताए।

सिटीजन फनिच्रर

सांसद सरस्वती गुरुङले चलचित्रलाई सामाजिक यथार्थमा आधारित रहेको बताइन्। ताङतिङ गाउँको परिवेश र त्यहाँको जीवनलाई कथामा जोडेर प्रस्तुत गरिएको पक्ष आफूलाई मन परेको उनले बताइन्।

पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले चलचित्रमा गुरुङ समुदायको जीवनशैलीसँगै भूतपूर्व गोर्खा सैनिक, परिवार, संस्कृति र परम्परालाई प्रस्तुत गरिएको बताए। स्थानीय बोली, गाउँको परिवेश, लेकको भेडीगोठ र गोठालो जीवनलाई चलचित्रमा समेटिएको उनले बताए।

विशेष शोमा सहभागीहरूले चलचित्रले गाउँको जीवन, लाहुरेको अनुभव, पारिवारिक सम्बन्ध र प्रेमलाई स्थानीय संस्कृति तथा परिवेशसँग जोडेर प्रस्तुत गरेको प्रतिक्रिया दिएका थिए। ताङतिङको भूगोल, स्थानीय भाषा र संस्कृतिको प्रस्तुतिले चलचित्रलाई मौलिक बनाएको उनीहरूको भनाइ थियो।

चलचित्र ‘पेन्सन पट्टा’ माओत्से गुरुङको लेखन तथा निर्देशनमा बनेको हो। चलचित्रमा दयाहाङ राई, गौमाया गुरुङ, विल्सन विक्रम राई, बुद्धि तामाङ, पशुपति राईलगायत कलाकारको अभिनय छ।

Rabin photo