newa srijana

कास्की – २ बाट कांग्रेस महाधिवेशन प्रतिनिधिमा गुरुङको दाबेदारी

पन्ध्रौँ महाधिवेशनका लागि आदिवासी जनजातितर्फ उम्मेदवारी घोषणा

पोखरा। नेपाली कांग्रेसको पन्ध्रौँ महाधिवेशनका लागि कास्की–२ बाट आदिवासी जनजातितर्फको प्रतिनिधिमा सुदर्शन गुरुङ ‘बाबु’ले उम्मेदवारी घोषणा गरेका छन्।

लामो समयदेखि कांग्रेस राजनीतिमा सक्रिय उनले पार्टी संगठनलाई सुदृढ बनाउँदै समावेशी प्रतिनिधित्व र युवाको सहभागिता बढाउने उद्देश्यले उम्मेदवारी दिएको बताए। आदिवासी जनजाति समुदायको प्रतिनिधित्व संगठनभित्र थप प्रभावकारी बनाउँदै पार्टीलाई मजबुत बनाउन भूमिका खेल्ने उनले बताए ।

सिटीजन फनिच्रर

स्याङ्जाको आँधिखोला गाउँपालिका–१ थातथलो भएका गुरुङ हाल पोखरा महानगरपालिका–१७, डेमसाइडमा बस्दै आएका छन्। उनी तमु धिं नेपाल केन्द्रीय युवा समितिका वरिष्ठ उपाध्यक्ष हुन्। युवाको नेतृत्व विकास र सामाजिक गतिविधिमा निरन्तर भूमिका निर्वाह गर्दै आएको उनले बताए।

‘पार्टी संगठनप्रतिको जिम्मेवारी, समावेशी प्रतिनिधित्व र युवाको सक्रिय सहभागितालाई प्राथमिकतामा राखेर अघि बढ्ने’ भन्दै उनले महाधिवेशन प्रतिनिधिहरूसँग साथ, सहयोग र मतका लागि अपिल गरे।

Rabin photo