newa srijana

पोखराका व्यवसायी विवेक थापा ‘बाटुलो जून’ का सहायक निर्माता

इम्पोर्ट–एक्सपोर्ट व्यवसायमा सक्रिय थापाले यसअघि अनमोल केसी अभिनीत ‘जेरी अन टप’ मा गरेका थिए लगानी

पोखरा । इम्पोर्ट–एक्सपोर्ट व्यवसायमा सक्रिय पोखराका युवा व्यवसायी विवेक थापा चलचित्र निर्माणमा पनि जोडिएका छन्। भुवन केसीको निर्माणमा बनेको चलचित्र ‘बाटुलो जून’ मा उनी सहायक निर्माताका रूपमा आबद्ध भएका हुन्। चलचित्र अहिले प्रदर्शनरत छ।

सिटीजन फनिच्रर ..

थापाले यसअघि अनमोल केसी अभिनीत चलचित्र ‘जेरी अन टप’ मा लगानी गरेका थिए। ‘बाटुलो जून’ उनको चलचित्र क्षेत्रमा दोस्रो लगानी हो। सानैदेखि चलचित्रप्रति रुचि राख्ने उनी कलाकारसँगको चिनजान र चलचित्र क्षेत्रसँगको निकटताका कारण निर्माणमा आकर्षित भएका हुन्। भुवन केसीसँग परिचय भएपछि ‘बाटुलो जून’ मा सहकार्य गर्ने अवसर जुटेको थापाले बताए।

चलचित्रमा लगानी गर्नुअघि आफूले सबैभन्दा पहिले कथा हेर्ने गरेको थापाले बताए। कथा मन परे त्यसमा सुधारका लागि सुझाव दिने र त्यसपछि कलाकार, निर्माण टोली तथा दर्शकमाझ पर्न सक्ने प्रभावलाई मूल्यांकन गर्ने गरेको उनले बताए। दर्शकमाझ अनमोल केसीको लोकप्रियतालाई ध्यानमा राखेर उनी अभिनीत चलचित्रमा सहकार्यलाई पनि प्राथमिकता दिएको थापाले बताए।

Byd