newa srijana

पशुपतिनाथ र नर्मदेश्वर जोड्ने बाटो बनाउन पहल

तीन मन्दिरलाई जोडेर धार्मिक सर्किट बनाउन सुझाव, पदमार्ग निर्माणको तयारी

पोखरा । पोखरा–२९ पुलचोकस्थित पशुपतिनाथ शान्ति आश्रमको वार्षिक साधारण सभा सम्पन्न भएको छ। सभामा मन्दिर परिसरको विकाससँगै धार्मिक पर्यटन प्रवर्द्धनका लागि आसपासका मन्दिरलाई जोड्ने सडक तथा पदमार्ग निर्माण गर्नुपर्ने विषय उठाइएको छ।

गण्डकी प्रदेश सभा सदस्य तथा पूर्वमन्त्री भीमबहादुर कार्कीले पशुपतिनाथ शान्ति आश्रम स्थानीयको आस्थाको केन्द्र भएको बताए। धार्मिक पर्यटनको विकासका लागि सबै मिलेर अघि बढ्नुपर्ने उल्लेख गर्दै उनले मन्दिर र परिसरको विकासमा आफूले सक्दो पहल गर्ने बताए। पोखरा–२९ स्थित पशुपतिनाथ मन्दिर र नर्मदेश्वर मोक्षाश्रम तथा पोखरा–३३ स्थित शुक्लेश्वर महादेव मन्दिरलाई जोडेर धार्मिक सर्किट बनाउन सके धर्मावलम्बीलाई दर्शन गर्न सहज हुने उनले बताए।

सिटीजन फनिच्रर ..

पशुपतिनाथ मन्दिर र नर्मदेश्वर मोक्षाश्रम जोड्ने बाटो निर्माणका लागि पहल भइरहेको वडाध्यक्ष श्रीप्रसाद गुरुङले बताए। निकट भविष्यमै पदमार्ग निर्माण गर्ने योजना रहेको उल्लेख गर्दै उनले आश्रमको विकासमा वडाले सक्दो सहयोग गर्ने बताए।

विश्व हिन्दु महासंघ गण्डकी प्रदेशका अध्यक्ष ठाकुरप्रसाद बरालले मन्दिर तथा धार्मिक क्षेत्रको पूर्वाधार विकासमा सबैलाई सहयोग गर्न आग्रह गरे। सभामा महासंघ कास्कीका अध्यक्ष, नर्मदेश्वर मोक्षाश्रमका उपाध्यक्ष तथा टोल विकास संस्थाका अध्यक्षलगायतले शुभकामना मन्तव्य राखेका थिए।

सभामा कोषाध्यक्ष शक्तिबल्लभ ढकालले आर्थिक विवरण प्रस्तुत गरेका थिए भने सचिव पदमप्रसाद अधिकारीले कार्यक्रम सञ्चालन गरेका थिए। हरिबोधनी एकादशीको तयारीस्वरूप मन्दिर परिसरमा आकाशदीप प्रज्वलन गरिएको छ।

Byd