newa srijana

नेपाली चलचित्र ‘छायाँको जीत’ को शुभमुहूर्त, निर्माणको औपचारिक सुरुवात

पोखरा । चलचित्र पत्रकार संघ नेपाल कास्कीका पूर्वकार्यसमिति सदस्य सुदीप पौडेलको निर्माणमा बन्न लागेको नेपाली चलचित्र ‘छायाँको जीत’ को शुभमुहूर्त गरिएको छ। शुभमुहूर्तसँगै चलचित्र निर्माणको औपचारिक सुरुवात भएको छ।

सिटीजन फनिच्रर ..

प्रेमकथामा आधारित चलचित्रलाई भारतीय निर्देशक शिव शोहितले निर्देशन गर्नेछन्। चलचित्रमा महेश त्रिपाठी र सिम्रन खड्का मुख्य भूमिकामा देखिनेछन् भने निर्माता सुदीप पौडेल स्वयं पनि कलाकारका रूपमा पर्दामा देखिनेछन्।

नयाँ कथावस्तु र प्रेमभावलाई पर्दामा प्रस्तुत गर्ने उद्देश्यसहित निर्माण हुन लागेको चलचित्र ‘छायाँको जीत’ ले नेपाली चलचित्र क्षेत्रमा नयाँ सिर्जनात्मक प्रयास थप्ने अपेक्षा गरिएको छ।

Byd