newa srijana

आदर्श हार्डवेयरको १५औँ वार्षिकोत्सव

व्यावसायिक मर्यादा र सामाजिक उत्तरदायित्वमा नमुना बन्न वक्ताहरूको सुझाव

पोखरा । पोखरा–२९ भण्डारढिकस्थित आदर्श हार्डवेयरले शनिबार १५औँ वार्षिकोत्सव तथा शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ।

शिवम् सिमेन्ट लिमिटेडको प्रवर्द्धन तथा ॐ आशिर्वाद ट्रेडर्स, नोबेल बिल्डर्स कम्पनी प्रालि, सौन्दर्य बाई बिन्दिया र ओजस्वी सप्लायर्सको व्यापारिक साझेदारीमा कार्यक्रम आयोजना गरिएको हो।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य छत्रधर आत्रेयले हार्डवेयरका सञ्चालक विजय गुरुङले उत्पादक, ग्राहक, निर्माण व्यवसायी र सामाजिक संघसंस्थालाई एउटै मञ्चमा जोड्नु सकारात्मक भएको बताए। व्यावसायिक मर्यादा, इमानदारी, ग्राहक सन्तुष्टि र सामाजिक उत्तरदायित्वमा आदर्श हार्डवेयरले उदाहरण प्रस्तुत गरेको उनको भनाइ थियो। उनले व्यवसायलाई आगामी पुस्ताले समेत निरन्तरता दिन सक्ने गरी दिगो बनाउनुपर्नेमा जोड दिए।

सिटीजन फनिच्रर ..

लेखनाथ उद्योग वाणिज्य संघकी अध्यक्ष जानुका पराजुलीले १५ वर्षअघि व्यवसाय सुरु गरेका गुरुङले आदर्श हार्डवेयरलाई प्रतिष्ठित व्यावसायिक संस्थाका रूपमा स्थापित गरेको बताइन्। व्यवसायको सफलतामा कर्मचारी, उपभोक्ता र शुभचिन्तकको योगदान रहेको उनले बताइन्।

शिक्षण पेसासमेत संलग्न गुरुङले व्यवसायसँगै सामाजिक क्षेत्रमा पुर्‍याएको योगदानको पराजुलीले प्रशंसा गरिन्। असहाय तथा पिछडिएका वर्गको उत्थान र महिला सम्मानका क्षेत्रमा उनको भूमिका उदाहरणीय रहेको उनले बताइन्। व्यवसायको आम्दानीको केही हिस्सा सामाजिक सेवामा खर्च गर्ने र गुणस्तरीय सेवा प्रदान गर्ने अभ्यासले ग्राहकसँगको सम्बन्ध बलियो बनाएको उनको भनाइ थियो।

कार्यक्रममा लेखनाथ निर्माण व्यवसायी संघका अध्यक्ष भीमबहादुर नेपाली, जनप्रकाश बहुमुखी क्याम्पसका प्रमुख एवं पब्लिक क्याम्पस गण्डकी प्रदेशका अध्यक्ष ऋषि बुढाथोकी, राष्ट्रिय स्वतन्त्र पार्टीका पोखरा–२९ का वडा सभापति प्रभात पौडेल र नेपाल फोटो पत्रकार संघ कास्कीका अध्यक्ष राम गुरुङलगायतले व्यवसायको प्रगति र सामाजिक उत्तरदायित्वको प्रशंसा गरेका थिए।

हार्डवेयरका सञ्चालक गुरुङले आगामी दिनमा सेवाको गुणस्तर सुधार गर्दै बजारको मागअनुसार व्यवसायलाई थप परिष्कृत बनाउँदै लैजाने बताए।

Byd