GIF TIGER CUP

बौद्धिक मानबिय पूजीको उडान

जियस नेपाली

हालै एक न्युरो सर्जन चिकित्सक पासर्पोट निकाल्दै गर्दा जिल्ला प्रशासन कार्यलयमा भेट भयो । कतै तालिम वा घुमघामको लागि जान लाग्नुभयो भनि सोध्दा भन्दै थिए म अव यो देशमा कुनै हालत बस्दिन । पाए युरोप अमेरिका अष्टेलिया जान्छु कसै नपाए बरु बिश्वको गरिव देश भनेर चिनिने इथोपिया जान्छु तर नेपाल बस्दिन । निकै चिन्तित अवस्थमक भएका एक बिशेषज्ञ डाक्टरका यि भनाईले मन दुख्यो । देशमा अस्पतालहरुमा डाक्टर पिटिएका खवर त सामान्य नै छन तर  नपिटिएका डाक्टर देखी दक्ष जनशक्तिहरुमा यो देश, ब्यावस्था र समाज प्रतिको आक्रोस (फ्रस्टेसन) बढ्दो क्रममा छ  । त्यसैले कामदारको रुपमा अदक्ष जनशक्ति मात्र हैन दिनहू हजारौ बिद्यार्थी, प्राध्यापक,नर्स र चिकित्सक समेतले देश छाडदैछन उता देश रमिते बनेर हेरेको छ, यसैलाई भनिन्छ ब्रेनड्रेन । देशले निकै मेहनत र खर्च गरेर उत्पादन गरेको दक्ष जनशक्ति बाध्यता वा रहरले स्वदेश छाडी बिदेश पुग्नु बौद्धिक मानबिय पूजीको उडान पनि भनिन्छ ।

बे्रनड्रेन शब्द सर्वप्रथम सन् १९६३ मा बृटिस रोयल सोसाइटीले प्रयोग गरेको थियो । खासगरी त्यससमय बेलायत र युरोपबाट ठुलो संख्यामा दक्ष र शिक्षित जनशक्ति खासगरी बैज्ञानिक, प्राध्यापक, बिद्यार्थी एवं उच्च शिक्षा भएर पनि उच्च जिवन पाउन नसकेकाहरु बसाई सरेर उत्तर अमेरिकाको युएस र क्यानेडा गएका थिए । त्यसले युरोपलाई निकै घाटा र अमेरिका क्यानेडालाई नाफा भएको थियो । त्यही क्रम र सिको अन्य बिश्वका अल्पबिकसित मुलुकका शिक्षितहरुले पनि गर्नथालेका हुन । आजकल ब्रेनड्रेनलाई नकारात्मक मात्र नहेरी ब्रेन गेन वा ब्रेन रिजर्बेसनको रुपमा पनि हेरिने गरिन्छ । तर पनि हाम्रो जस्तो बिकासोन्मुख देशका लागि त बौद्धिक मानविय पूजीको उडान अर्थात पलायन नै हो । हिजोका अल्बर्ट आइन्सटाइन देखी आजका सुन्दर पिचाईसम्म सवै ब्रेनडे्रन नै हुन ।

GIF TIGER CUP

संसारमा मानबिय बसाईसराई लाखौ वर्ष देखी भैआएको हो तर आधुनिक राज्यको बिकास सगै एक देशबाट अर्को देशमा आधिकारिक, राम्रो अवसर र जिवनस्तरका लागि बसाई सर्नेक्रम भने गएको १ सय वर्षबाट भएको मानिन्छ । समाजशास्त्रीहरुका अनुसार बसाई सर्ने प्रक्रिया र प्रबृतीको बिश्लेषण गर्दा पुल एण्ड पुस फ्याक्टर भनेर बर्णन गरिन्छ । पुल फ्याक्टरमा अर्को कुनै देश वा ठाउ उपयुक्त ठानेर आफ्नै इच्छा वा बाध्यताले जानु भन्ने हो भने पुस फ्याक्टरमा कुनै द्धन्द्ध, राजनैतिक वा प्राकृतिक बिपत्ती जस्तो अन्य कारणले बाध्य भएर चाहना बिपरित देश वा ठाउ छाड्नुपर्ने बाध्यात्मक अवस्था भन्ने हो । यसै बिचमा पनि अन्य बिभिन्न कारणहरु छन जस्ले बाध्यता वा रहरले मातृभूमी छाडेर बिरानो देश भासिनुपर्ने बाध्यता आईलाग्छ । यसरी इच्छा वा बाध्यताले बैधानिक वा अबैधानिक तवरले बिदेशिनेको संख्या बिश्वमा २८ करोड भन्दा माथी रहेको अर्थात बिश्वको जनसंख्याको झण्डै ३ प्रतिसत रहेको युएनको सन २०२२ को डाटाले देखाउछ । यस मध्य ६५ प्रतिसत त आफ्नो देशमा रोजगारी वा अवसर नपाएर वा आर्थिक र जिवनस्तर बदल्न बिदेश पसेका हुन ।

समाजशास्त्री बिद्धानले भने झै बिदेश पलाइन वा बसाईसराई पुल फ्याक्टर र पुस फ्याक्टरमा मात्र सिमित हुदोरहेनछ । त्यस भन्दा फरक सस्कृति र मनोबैज्ञानिक प्रभावले पनि बिदेशिन बाध्य पारिरहेको हुन्छ । हाम्रो नेपाली समाजमा उमेर पुगी सहमती र खुसीसाथ बिहे भएकी छोरीलाई बिदाइ गर्नेक्रममा बेहुली पनि रुन्छिन भने उनका माइती पक्षको अनुहार मलिनो हुन्छ किनकी आफ्नो सन्तानलाई जन्माएर हुर्काएर आज बिदा गरिदैछ वा बिदाइ हुदैछ भन्ने सास्कृतीक वा मनोबैज्ञानिक भाव हरेकको मनमनमा भरिएको छ । सवैलाई थाहा छ त्यो बिदाई भएकी छोरी २ दिन पछी फेरी फर्केर आउछिन उनी धेरै टाढा छैनन पल्लो गाउ वा शहरमा गएकी हुन । उनी आउन वा उनलाई भेटन चाहने बित्तीकै सकिन्छ तर पनि बिदाईमा मन दुख्छ आसु आउछ नरमाइलो बातावरण हुन्छ । त्यही घरमा जन्मेको छोरा वा छोरी उमेर पुगेर बिदेश जान एयरपोर्ट जान्छ हामी बिदाईमा हसिलो मुहार देखाउदै फोटो खिच्छौ सायद मेरो छोरोले सेन्च्युरी मार्यो वा बिश्व क्रितिमान राख्यौ सरह सोसलमिडियामा छोराछोरीलाई बिदेश पठाएको फोटो सन्देश शेयर गर्छौ । बिदेश भएका छोरीछोरीले बोलाएमा उतै जान्छौ र बिदेशी भूमीको फोटो छोराछोरीले गरेको प्रगती मान्दै फोटो पोस्टाइदिन्छौ । मानौ हाम्रा सन्तान बिश्व बिजेता हुन । तर त्यसको सामाजिक मनोबैज्ञानिक असर सारा नेपाली समाजले बेहोर्नु पर्छ । त्यो पनि मनोबैज्ञानिक बिदेश मोह हो र सास्कृतीक बिचलन हो । किनकी तपाई हामीले एयरपोर्टमा बिदाई गरेर बिदेश पठाएको सन्तान कहिले फर्किन्छ वा कुन अवस्थामा फर्किने छ वा कहिल्यै फर्किदैन थाहा हुदैन । फेरी तपाई दुखमा पर्दा वा खुसीको क्षण भावना शेयर गर्न उ आउन सक्दैन । उ त बिदेशी भैसकेको हुन्छ भावनाको रुपमा वा ब्यावहारिकताको रुपमा अझ भनौ कागजी रुपमा बिदेशकै नागरिक भएर केही दिनको लागि फर्किन वा नफर्किन पनि सक्छ । कहिले काही त बुबा आमाको मृत्यु खवर पाउदा पनि आउन नपाएर वा मर्ने बेलामा सन्तानको मुख देख्न नपाएर दुखीत मरण भएका कैयौ उदाहरण हामी देख्छौ । फेरी केही सन्तानलाई सकुसल एयरपोर्टमा बिदाइगरेर पछी लास बनि फर्केको पनि देखिन्छ । तर हामीले उ बिदेशी हुन गएकोमा वा भएकोमा गर्व गर्छौ त्यो नै हाम्रो सास्कृतिक वा मनोबैज्ञानिक बिचलन हो । यहा न त उसलाई कसैले धकेलेको छ न त उसलाई कसैले तानेको छ यहा त सामाजिक मनोबैज्ञानिक असरले सवै कार्य गरेको हामी कसैलाई पत्ता लाग्दैन । तर पनि यहा एक बृद्ध आमा बाबुले आफ्नो सन्तान गुमाएको छ, समाजले एक समाजसेवीको अस्तित्व महसुस गरेको छ । देश र समाजले युवा जनशक्ती र मानबिय पुजी भने अवस्य गुमाएको छ ।

मानबिय  पुजी भन्नाले कुनै देशका १६ देखी ६० वर्ष उमेर समुहका सक्रिय जनशक्तिलाई जनाउछ । कुनै देशको बिकास हेर्ने एक मापदण्ड मध्य त्यो देशको मानबिय पुजी कती छ र कुन रुपमा प्रयोग भएको छ बिकास हेर्ने नया दृष्टिकोण हो । अहिले यो समूह नेपालमा ५७ प्रतिसत छ तर दिनहु घटदो छ किनकी बुढयौली उमेर बढ्दो छ तथा आयुको दर बढ्दो छ । फेरी त्यही सक्रिय जनशक्ति मध्य आधा त बैदेशिक रोजगारीमा गएका छन । सरकारी तथा अन्य स्वतन्त्र निकायहरुको तथ्याड.क केलाएर हेर्दा नेपालका झण्डै ५० लाख बढि युवा जनशक्ति बिदेशमा छन । सरकारी तथ्यमड.क अनुसार आर्थिक वर्ष २०७९∕८० मा बैदेशिक रोजगार बिभागबाट श्रम स्विकृती लिनेको संख्या ७ लाख ७१ हजार ३२७ रहेको छ । यसैगरी २०६३ देखी २०७५ सम्म बैधानिक रुपमा श्रम स्विकृती लिएर बैदेशिक रोजगारीमा जानेको संख्या नै ४३ लाख देखाउछ भने श्रम स्विकृती नलिई जाने, भ्रमण, अध्यान वा अन्य भिषामा जानेको दक्ष वा अदक्ष नेपालीको संख्या त अझै बढि छ ।

नेपालबाट ब्रेनड्रेनकै रुपमा हेर्दा प्राध्यापक, अनुसन्धानकर्ता वा अन्य मध्य गएको ५ वर्षमा बिदेश पढन जाने नेपाली बिद्यार्थीको संख्या निकै बृद्धि भईरहेको छ ।  शिक्षा मन्त्रालयको नो अव्जेक्सन सर्टिफिकट शाखाको अनुसार सन २०२१ मा एनओसी लिने बिद्यार्थीको संख्या ४४ हजार ८१२ थियो भने अर्को वर्ष २०२२ मा यो संख्या बढेर १ लाख २१ हजार हुनपुग्यो । यसवर्ष अर्थात सन २०२३ को ६ महिना अवधीमा नै ८२ हजार भन्दा बढि बिद्यार्थीले एनओसी लिइसकेका छन ।  अहिले एक प्राइभेट स्कुलका १२ पढदै गरेका बिद्यार्थीलाई प्लस टु पछाडी तिमी के गर्छौ भनेर सोध्ने हो भने ७० प्रतिसत बिद्यार्थी बिदेश पढ्न जाने कुरा बताउछन । यसै गरी बिदेश पढ्न जाने र पढाई सकेर फर्कने बिद्यार्थीको समग्र अनुपात हेर्दा केवल १० प्रतिसत फर्केको देखिन्छ । बाकी उतै वा बाहिर कतै राम्रो रोजगारी र उच्च जिवनस्तरको खोजीमा लागेको भेटिन्छ । यसको कारण स्पस्ट छ नेपालमा हरेक वर्ष काम गर्न योग्य भएर निस्कने बिद्यार्थीको संख्या ४ लाख ५० हजार छ भने रोजगारीको अवसर मस्किलले ५० हजारले पाउछन बाकी ४ लाख त बेरोजगार हुनुपर्ने बाध्यता छ , यसैले पनि नया युवाहरु बिद्यार्थीको निउमा समयानुकुल जिवनस्तर र रोजगारीको खोजिमा बिदेश पसेका छन ।

अहिले बिकसित भैरहेको देश चीनको बिदेश पढ्न जाने बिद्यार्थी मध्य ७० प्रतिसत पढाई सकाएर तत्कालै स्वदेश फर्किदैनन भन्ने डाटाले देखाउछ  । यस्तै बिदेश अध्यानमा जाने आधा अफ्रिकी आविस्कारक बैज्ञानिक आफ्नो देश फर्किदैनन । उच्च आय र उन्नत जिवन स्तरको खोजीमा बिदेशलाई स्वदेश बनाएर सोही देशको प्रगती एवं बिकासमा अतुलनिय योगदान दिएको कैयौ उदाहरण छन । सिड.गापुर, स्विजरलैैण्ड र क्यानेडा यस्तै बौद्धिक एवं धनाढय आप्रबासीले बिकास गरेका देशहरु मध्यमा पर्दछन ।

अर्को तर्फ यस्तै पलायन भएको बौद्धिक मानबिय शक्तीलाई उचित ब्यावस्था र आकर्षण देखाएर स्विदेश फकाई देश बिकास गरेकाहरुमा जापान र ताइवानलाई लिन सकिन्छ । यि देशको अदभुत बिकास हुनुमा रिटनिजहरुको महत्वपूर्ण भूमिका छ जसलाई सरकारले निकै आर्कषित र उच्च कदरका साथ स्विदेश फर्काएर उनिहरुबाट फर्केको ज्ञान, शिप,सञ्जाल र पुजीको प्रयोग गरी देश बिकास गर्न सक्षम भएका छन । यसैलाइै सैद्धान्तिक भाषामा बे्रन रिर्जबेसन भनिदोरहेछ । जापानका महत्वपूर्ण ठुला र संसारलाई हल्लाउने उद्योगहरु बिश्व युद्धपछीको तहसनहसका कारण जापानको गरिवीबाट आत्तिएर बिदेश पसेकाहरु पछी सरकारको आव्हानले फर्केर बिदेशमा सिकेको सिप र पुजीले रिटनिज जापानिजले बिभिन्न कारखानाहरु खोले जस्को फलस्वरुप जापानलाई प्रबिधी उत्पादनको उच्च देश बनायो ।

यस्तै सन २००० पछी आर्थिक बृद्धि गर्ने हेतुले सापेक्ष राजनैतीक स्थिरता  भएको ताइवान सरकारले पनि आफ्ना बिदेशमा रहने नागरिकको लागि स्वदेश फिर्ती सुनौलो कार्यक्रम ल्यायो जस्ले गर्दा अमेरिकाको सिलिकन भ्याली जस्ता ठाउहरुमा पढेका र बिभिन्न बिशेषज्ञ क्षेत्रमा कार्यरत ताइवानी डायस्फोराका दक्ष आविस्कारक तथा शिक्षित जनशक्ति ताइवान फर्के । उनीहरुकै सल्लाह सुझाव र सहयोगमा सिलिकन भ्याली जस्तै आइटीपार्क खोलियो जसबाट उच्च क्षमताको कम्प्युटर चिप्स, टेक्नोलोजी उत्पादन गरेर बिश्व चिप्स बजारको अधिकांस भाग हत्याउन सफल भयो । आज त्यही बिज्ञान पार्कको अवधारणले हिजोको गरिव ताइवानीहरुको जिवनशैली र आयस्तर आज अमेरिकन भन्दा माथी जादैछ ।

नेपालले पनि यस्तो सिको गर्न सके देश बिकास हुन वा गर्न धेरै सहयोग पुग्थ्यो । नेपालका ब्रेन ड्रेनहरु ब्रेन गेन भएर फर्केका धेरै उदाहरण छन तर सहि ठाउमा उचित प्रयोग हुन नसकेको हो वा नेपाली समाजको स्वार्थ राजनीतिले हतियार बनाएको हो त्यो  त्यसै बिलिन भएको अवस्था छ । कैयौ राजनीतिज्ञ बिदेश पढेर नेपाल आई नेता बनेका छन, अन्य संघसंस्थाको नेतृत्व सम्हालेका छन तर देशको ब्यावस्थाले हो कि खासै कुनै उल्लेख्य प्रगती देशले पाउन सकेको छैन । देशको अर्थतन्त्रको चावी सम्माल्ने पूर्व अर्थमन्त्री रामशरण महत देखी वर्तमान अर्थमन्त्री प्रकाशशरण महत सम्म बिदेश पढेका ब्रेन हुन भने रबि लामिछाने,  सिके राउत देखी स्वणिम वाग्ले सम्मका बिदेश पढेका नै नेता हुन तर राजनैनीतिक स्वार्थको खेलले उनीहरुलाई पनि सत्ता लिप्सामा भुलाएको छ । बिदेशबाट फर्केका केही उच्च जनशक्ति पनि समाजको आवस्यकता उत्पादन र चेतना बृद्धीमा भन्दा आफ्नै श्रेय र मान बृद्धी लाग्ने गरेको देखिन्छ । तर पनि केही डा सन्दुक रुइत, महाबिर पुनहरुले  देशमा आट साहस भने देखाएका छन तर उनलाई मानसिक रुपमा नै बिदेश मोह भरिएको समाज र सरकारले सकारात्मक कदम कहिले ठान्ने हो त्यो यस युगमा हुने वा नहुने थाहा छैन ।

Leave A Reply

Your email address will not be published.