newa srijana

पोखरामा लक्ष्मी ई–मोबिलिटीको नयाँ शोरुम सञ्चालन

पोखरा । पश्चिम नेपालमा इलेक्ट्रिक सवारीसाधनको पहुँच बढाउन लक्ष्मी ई–मोबिलिटीले पोखराको बुद्धचोकमा नयाँ शोरुम सञ्चालनमा ल्याएको छ। कम्पनीले यस कदमले ग्राहकलाई आधुनिक, दिगो र प्रविधिमैत्री सवारीसाधन अनुभव प्रदान गर्ने विश्वास व्यक्त गरेको छ।

शोरुम उद्घाटनका क्रममा लक्ष्मी ग्रुपका कार्यकारी निर्देशक सुनिल श्रेष्ठले कम्पनीको उद्देश्य पश्चिम क्षेत्रमा आफ्नो उपस्थितिलाई बलियो बनाउँदै ग्राहकलाई सहज सेवा उपलब्ध गराउनु रहेको बताए।

Mountain run pokhara click

यस अवसरमा कम्पनीले ग्राण्ड ओपनिङ अफर पनि घोषणा गरेको छ। यसमा नगद छुट, बोस ब्रान्डका इलेक्ट्रोनिक उपहार, एक वर्षको निःशुल्क अटो प्लस बीमा, रोड–ट्याक्स प्याकेज, र प्रत्येक बुकिङमा एक रातको स्टे–प्याकेज जस्ता सुविधा समावेश गरिएको छ।

सिटीजन फनिच्रर

कम्पनीका अनुसार नयाँ शोरुमले पोखराका ईभी प्रयोगकर्तालाई सहज खरिद अनुभव उपलब्ध गराउनेछ र वातावरणमैत्री सवारीप्रति प्रतिबद्धतालाई अझ सुदृढ बनाउनेछ।

लक्ष्मी ग्रुपले रिल्याक्स रिर्चाज नेटवर्क मार्फत देशभर ६३ भन्दा बढी चार्जिङ तथा सर्भिस स्टेशन स्थापना गरिसकेको छ। यसले ग्राहकलाई चार्जिङ र मर्मत–सम्भारमा सहजता प्रदान गर्दै पूर्वाधारलाई बलियो बनाएको कम्पनीले जनाएको छ।

बुद्धचोकस्थित शोरुमले प्रदेशमा बढ्दो ईभी माग पूरा गर्न र ग्राहकको पहुँचलाई सहज बनाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरिएको छ।

Rabin photo