पोखरा फोटोग्राफर संघको भिडियो इडिटिड. एडब प्रिमियर प्रो एफ्टर इफेक्ट तालिम सम्पन्न

पोखरा फोटोग्राफर संघ, पोखरा नेपालले आफ्ना सदस्यको लागि २ दिने भिडियो इडिटिड.को एडब प्रिमियर प्रो एफ्टर इफेक्ट तालिम सम्पन्न गरेको छ । तालिमको समापन समारोहमा तालिम सहयोगी संस्था पोखरा महानगर पालिका आर्थिक बिकास महासाशाको प्रमुख मनहर कडरियाले ब्यावसायीहरुलाई उनीहरुकै आवश्यकता अनुसारका सिप र दक्षता अभिबृद्धि महानगर पालिका कटिबद्ध रहेको जानाकारी गराएका थिए । उनले महानगरपालिकाको आर्थिक बिकास महाशाखा यस्ता उपयोगी तालिम र क्षमता बढाउन सदेव मद्धतकारी भएर लाग्ने पनि उल्लेख गरे । ।
तालिम समापन कार्यक्रमा पोखरा फोटोग्राफर संघका पूर्व अध्यक्ष तथा संरक्षक गणेश छबीले आफ्नो बिगतको अनुभव साटदै बिसं २०४२ ताका आफुहरुले भिडियो इडिटिड. गर्दा पाएको हण्डरठक्करको तुलनामा अहिलेको प्रबिधियुक्त युगमा कम्प्युटरमा सिक्न पाउनु भाग्यको कुरा बताएका थिए ।
यसैगरी पोखरा फोटोग्राफर संघका पूर्व अध्यक्ष तुलसीराम सुबेदी, जयन्द्र कुमार राजभण्डारी, रबिनाथ दाहाल, निर्वतमान अध्यक्ष जनकराज तिवारी, फोटोग्राफर संघ गण्डकीका अध्यक्ष दुर्गा प्रसाद पौडेल, कार्यक्रम संयोजक भक्त तामाड. र प्रशिक्षक अमन तामाड.ले तालिमको चर्चा गर्दैै आआफ्नो भनाई राखेका थिए । कार्यक्रममा प्रशिक्षार्थीको तर्फबाट रिता पौडेल र घनश्याम पौडेलले पनि तालिमको प्रभावकारिताबारे चर्चा गरेका थिए । पोखरा महानगरपालिका मुख्य सहयोगी संस्था रहेको सो कार्यक्रमलाई फोटोग्राफर संघ गण्डकी र कैलाश बचत तथा ऋण सहकारी संस्थाले समेत सहयोग गरेका थिए ।
कुल २० जना प्रशिक्षार्थीले लिएको सो तालिममा भिडियो इडिटिड.को प्रिमियर प्रोका बिशेष ब्यवस्थाको आआफ्नै ल्यापटपमा अभ्यास गराउनुको साथै थ्यौरीकल क्लास समेत भएको थियो । पोखराको ट्रेडमहल स्थित क्लासिक चुलोमा भएको उक्त कार्यक्रमको समापन समारोह पोखरा फोटोग्राफर संघका अध्यक्ष रामचन्द्र पोख्रेलको सभापतित्वमा भएको थियो भने कार्यक्रम संघका कोषाध्यक्ष नन्दकला पौडेलद्धारा सञ्चालन भएको थियो ।

Leave A Reply

Your email address will not be published.