शहर मानिसको मात्र हैन यो शहर कुकुरहरुको पनि हो यसैले यो शहरमा थरी थरी कुकुर बस्छन । खासगरी मेरो शहरमा ३ वर्गका कुकुर रहन्छन । एक थरी ठुला महड.गा गाडी चढ्ने कुकुर अर्का सामान्य सवारीमा निर्भाह गर्ने कुकुर र अरु बाकी खाली खुटटा पैदल हिड्ने कुकुर । बिचरा यि तेश्रो वर्गका सडकमा खाली खुट्टा हिडनेलाइे भुस्याहा कुकुर भनिदिने रहेछन । मलाई झनक्क रिस उठ्यो त्यो मर्निड. हिड्ने क वर्गको ठुलो जर्मन सेफडलाई पनि भुस्याहा भनिदिने त अव ? अह हुदै हुदैन वहा जस्तो महान राष्ट्र नायक कुकुरलाई भुस्याहा भनिदियौ भनेत हाम्रो रोजी रोटी मात्र हैन ज्यान नै गुम्छ । किनकी देशको हरेक टेण्डर मात्र हैन देशकै टेण्डर उहाको हातमा छ । हुनत उहा पनि केही वर्ष अगाडी यही शहर गल्ली र गाउको शेरामा हल्लिबक्सिन्थ्यो । अझ धेरै मान्छे टोक्दै हिडिसिन्थ्यो झण्डै १७ हजारको ज्यानै लिनुभएथ्यो रे । अव धेरै उहाको कुरा नगरौ बरु दोश्रो तेश्रो दर्जाका कुकुरहरुकै कुरा गर्दा ज्यान खतरामा नपर्ला । दोश्रो दर्जाका कुकुरहरु पनि कम्ती त छैनन तर मज्जाले भात हसुरेर सधै भोका जस्ता देखिन्छन । बाहिर निस्के भने सडकभरी बिस्टाउछन । तेश्रो दर्जाका भुस्याहालाई चुनौती दिदै कराउछन अनी कर्तब्यको क थाहा छैन अधिकारको अधिकतम माग गर्दछन । जिन्दाबाद हाम्रो कुकुर एकता अमर रहोस । अव अहिले शहरका कुकुर र तिनका मालिकको खवर अनी यि सवै कुकुरको कहानीमा मालिकले पाएको हैरानी के भैरहेको छ हाम्रो शहरमा पढौ, सचेत बनौ कुकुर पालक नेपाली ।
भर्खरैको बिहान उनीहरू यसरी नै कुकुर डोर्याउँदै निस्किएका थिए । दुई(चार थान युट्युबरलाई साथमा लिएर नगर प्रहरीको ट्रक आयो र एकाएक उनीहरूलाई उठाउन थाले । यसरी कुकुर उठाउने नगर प्रहरीको हतारो कस्तो थियो भने, मानौं उनीहरूले कुनै जघन्य अपराधीलाई पक्राउ गर्दैछन् ।
सडकबाटै अनायास कुकुर सहित आफू पनि ट्रकमा जानुपर्ने भएपछि एक महिलाले आनाकानी गरिन् । नगर प्रहरीले चर्को स्वरमा हप्काए, ‘धेरै ढिलो गर्ने होइन, फेरि कुकुरलाई इन्जेक्सन लगाइदिन्छु ।’
एक अर्की महिलालाई पनि कुकुरसँगै जबर्जस्ती ट्रकमा लैजान खोजे । हत्तपत्त आफ्नो फोटो र भिडियो खिच्दै अपमानजनक ढंगले उठाउन खोजेपछि उनले विरोध जनाइन्, ‘किन फोटो खिचिरहेको, के के नै अपराध गरे जस्तो । मान्छे मारेकोलाई समात्नु न १’
आमन्त्रित युट्युबरहरूले भिडियो खिचे र ‘सडकमा कुकुर डुलाउनेहरू यसरी परे बालेनको फन्दामा’ भनी सामाजिक सञ्जालमा छ्यापछ्याप्ती बनाइदिए । लगत्तै युट्युबरलाई नगर प्रहरी प्रमुखले तात्तातो अन्तर्वार्ता दिए( ‘यसरी कुकुरलाई दिसापिसाब गराउँदै डुलाउनेलाई चर्को जरिवाना लिइनेछ १’
घरपालुवा कुकुरलाई बाहिर डुलाउन हुन्न रु
घरपालुवा कुकुर डुलाउनेहरूलाई किन नगर प्रहरीले निशाना बनाए रु किन उनीहरू यसरी अचानक कारबाहीमा उत्रिए रु
–शहरमा यसरी कुकुर डुलाउँदै हिंड्नेहरूले टोलका मान्छे, छर–छिमेक, बाटोमा हिंड्ने बटुवालाई असहज बनाएको होलान् रु
–घरपालुवा कुकुरको दिसापिसाबले फुटपाथ वा सडकमा हिंडडुल गर्नै कठिन भएको होला रु
–घरपालुवा कुकुरले झम्टिएर, टोकेर अरू बटुवालाई आतंकित बनाएको होला रु
–घरपालुवा कुकुरले जथाभावी दिसा–पिसाब गरेकै कारण दुर्गन्ध फैलिएको होला रु संक्रामक रोगको जोखिम बढाइदिएको होला रु
–कुकुर पाल्नेहरूले छिमेकीको घरको ढोकामै लगेर दिसा–पिसाब गराइरहेका होलान् रु
घरपालुवा कुकुरकै कारण सर्वसाधारणले त्यति हैरानी खेप्नुपरेको छैन, जति शहरवासीको घर–घरबाट निस्कने फोहोर र ढलको कारण खेपिरहेका छन् । त्यसो भए कुकुर डोहोर्याउँदै बिहानको भ्रमणमा निस्कनेप्रति किन यतिविघ्न आक्रोश पोखिन्छ रु
कुकुर डुलाउनेसँग किन वैरभाव रु
एकाबिहानै कुकुर डुलाइरहेकाहरूलाई जब नगर प्रहरीले पक्राउ गरे, यसलाई सामाजिक सञ्जालमा धेरैले ‘राम्रो काम’ भन्दै उक्साए । ‘गजब गर्यो ’, ‘धन्यवाद बालेन’, ‘सराहनीय काम’ भन्दै मान्छेहरूले खुसी व्यक्त गरे । घरबाहिर निस्केर कुकुर डुलाउँदै हिंड्नेहरू अपमानपूर्वक समातिंदा मान्छेहरू किन यति धेरै खुसी भए रु
मनोसामाजिक प्रवृत्ति बुझाउन पत्रकारितामा एउटा सूत्र भनिएको हुन्छ, ‘ब्याड न्यूज इज गुड न्यूज १’ अर्थात् खराब समाचारमा नै मान्छेको रुचि हुन्छ । शहरमा कुनै भव्य संरचना निर्माण हुँदैछ भने त्यसमा मान्छेलाई कुनै रुचि हुन्न । तर, एउटा डोजर ल्याएर कुनै भवन भत्काइयो भने त्यहाँ रमितेको ओइरो लाग्छ ।
भोकले लखतरान प्राणीलाई कसैले घरमा लगेर पालनपोषण गरेको कुरामा मान्छेलाई त्यति चासो हुँदैन जति ती प्राणीलाई लखेटेको, कुटेको, काटेको कुरामा हुन्छ ।
कुकुर डुलाइरहेका गृहिणी, महिला, बुढापाकालाई जब अचानक बाटोमा पक्राउ गर्दै ट्रकमा राख्न थालियो, धेरैलाई यस्तो दृश्य निकै रुचिकर लाग्यो । चाहे कसैले कुकुर पालेकै कारण उनीहरूले सास्ती खेप्नु नपरे पनि, आफ्नो घर(आँगनमा दिसा–पिसाब नगराए पनि, बाटोमा हिंड्दा दिसा–पिसाबको दुर्गन्ध नआए पनि उनीहरू महानगरको कारबाहीमा दंग देखिए ।
रहर र देखासिकीले मात्र पाल्दैनन् कुकुर
नेपाली समाजमा गहिरो छाप के छ भने, ‘मान्छेले आफूलाई हुनेखाने देखाउन कुकुर पाल्छन् ।’ साथै कुकुरले टोक्छ, रोग फैलाउँछ भन्ने मनोविज्ञान छ । यही कारण धेरैजसो मान्छे कुकुरसँग डराउँछन्, घिन मान्छन्, घृणा गर्छन् ।
हुनत यसरी देखासिकीमा कुकुर पाल्नेहरू नभएका होइनन् । यसरी पाल्नेहरूले कुकुरलाई घरभित्रै केज ९खोर० मा थुनेर वा साङ्लाले बाँधेर राख्ने गर्छन् ।
तर, सबै यस्ता हुँदैनन् । प्राणी प्रेमका कारणले कतिले घरमा कुकुरलाई स्याहारसुसार गर्छन् भने कतिले बालबच्चाको खुसीको लागि कुकुर पाल्छन् । कुकुरलाई कतिले एक्लोपनको साथी बनाएका हुन्छन् भने कतिपयले सुरक्षाका लागि घर–पाले बनाएका हुन्छन् । कुकुरलाई घरमा राख्ने, स्याहारसुसार गर्ने, खुवाउने, औषधि उपचार गराउने जुन झञ्झट हुन्छ, त्यतिकै व्यहोरेको हुँदैनन् ।
कुकुर डुलाउन घरबाहिर निस्कँदा महानगरको कारबाहीमा परेका एक पुरुष भनिरहेका छन्, ‘मैले पालेको कुकुर सडकको कुकुर हो । यो बिरामी भएर मेरो घरको छेउमा आएर बसेको थियो, माया लागेर स्याहारसुसार गरें । यसलाई क्यान्सर लागेको रहेछ, १५–२० हजार रुपैयाँ खर्च गरेर उपचार गरें ।’
मान्छेले अरूलाई होच्याउन, तर्साउन कुकुर पालेका हुँदैनन् । प्राणीमाथि दयाभाव राखेर पालेका हुन्छन् । कम्तीमा एक–दुई वटा प्राणीले भोकभोकै मर्नुपर्दैन, रोग र भोकले कष्टको जीवन बाँच्नुपर्दैन भनेर मान्छेले आफ्नो गाँस कटाएर पनि कुकुर–बिरालोलाई खुवाउने गर्छन् ।
साथै एक छाक खान पाएपछि यी प्राणीहरू पनि मान्छेप्रति बफादार हुन्छन् । हेलमेल हुन थाल्छन् । मान्छेसँग सराबरी खेल्न, रमाउन थाल्छन् । यसरी मान्छेले कुकुरलाई परिवारकै सदस्यसरह आश्रय दिन थाल्छन् ।
यस्तो अवस्थामा कुकुरलाई भरपेट खुवाउने, दिनमा एक पटक भए पनि खुला हावामा घुमाउने इच्छा हुन्छ उनीहरूको । हुनेखाने देखाउन, तर्साउन, अर्काको ढोकामा दिसापिसाब गराउनका लागि भनेर सायदै मान्छेले कुकुरलाई घरबाहिर डुलाउन लैजान्छन् ।
चुरोटको धुवाँ उडाउन हुन्छ, कुकुर डुलाउन हुँदैन रु
कुकुरलाई घरबाहिर घुमाउनका लागि शहरी क्षेत्रमा त्यति अनुकूल छैन । फराकिलो र खुला फुटपाथ छैन, कुकुर समेत घुमाउन मिल्ने खालको पार्क छैन, कुकुरको दिसा राख्ने डस्बिन छैन । हिंड्दै गर्दा बाटोमा दिसापिसाब गर्न सक्छ, जसमा अन्य छिमेकी वा बटुवाले रोष प्रकट गर्छन् ।
पशु हो, आफूलाई दिसापिसाबले च्यापेको कुरा व्यक्त गर्न सक्दैनन् । कहाँ दिसापिसाब गर्नुहुन्न भनी सचेतना हुन्न । अर्को कुरा, दिसापिसाबकै लागि निश्चित ठाउँ तोकिएको छैन । बरु, चुरोटको सर्को तान्नका लागि ठाउँ–ठाउँमा ‘स्मोकिङ जोन’ राखिएको हुन्छ ।
त्यसबाहेक मान्छेले सार्वजनिक ठाउँमा पनि चुरोटको धुवाँ उडाउँदै हिंड्छन् । जबकि कुकुरको दिसाबाट हुनसक्ने हानिभन्दा सयौं गुणा हानि त अरूले तानेको चुरोटको धुवाँले हुन्छ ।
कुकुर पाल्नेहरूको पनि दायित्व छ
नगर प्रहरी भन्छन्, ‘काठमाडौं महानगरलाई स्वच्छ र सफा राख्ने अभियान अन्तर्गत घरबाहिर कुकुरलाई दिसापिसाब गराउने विरुद्ध कारबाही गरिएको हो ।’
शहरको स्वच्छताप्रति सबैको दायित्व हुन्छ र हुनुपर्छ पनि । कुकुर डुलाउन घरबाहिर निस्कने व्यक्तिले जथाभावी दिसापिसाब गराउनुहुन्न । कुकुर डुलाइरहँदा बटुवा वा छर–छिमेकलाई त्यसले कुनै बाधा वा नोक्सानी पु¥याउनुहुन्न । कुकुर पाल्ने र बुढो वा रोगी भएपछि सडकमा ल्याएर छाड्ने प्रवृत्ति पनि देखिन्छ । यो अमानवीय व्यवहार मात्र होइन, अपराध पनि हो भनेर बुझ्नुपर्छ ।
कुकुर डुलाउनेहरूले घरबाहिर दिसा गरेमा त्यसलाई सुरक्षित रूपले विसर्जन गर्नैपर्छ । यसका लागि ठाउँ–ठाउँमा डस्बिनको व्यवस्था हुनुपर्छ । कुकुर डुलाउन निस्कँदा आफूसँगै दिसा टिप्ने ९पटी पिकर र पोलिथिन० साथमै बोक्नुपर्छ ।
छैन डग पार्क
उन्नत मुलुकहरूमा कुकुरसँगै घुमफिरमा निस्कने मान्छेहरूका लागि डग पार्क नै निर्माण गरिएको हुन्छ । घरमै बसिरहने गृहिणी, बुढापाका वा कामबाट अवकाश पाइसकेकाहरू, जो कुकुर लिएर खुला हावा खान निस्कन्छन् उनीहरूका लागि यस्तो पार्क सहज र सुरक्षित हुनेगर्छ । डग पार्कमा कुकुर डुलाउने व्यवस्था भएपछि अन्यत्र यसको फोहोर हुँदैन ।
सकेसम्म सडकको कुकुर पालौं
प्राणीप्रति प्रेम नै गर्ने हो भने सकेसम्म सडकमा बेवारिसे अवस्थाका कुकुरलाई पालनपोषण गरौं । अहिले नेपालमा विभिन्न प्रजातिका कुकुर आयात गर्ने, यहीं ब्रिडिङ गर्ने क्रम व्यापक छ । विभिन्न केनल क्लब वा ब्रिडिङ सेन्टरको धन्दा नै कुकुरबाट बच्चा पैदा गराएर बेच्ने हुन्छ ।
हामी विभिन्न प्रजातिका कुकुर पाल्ने रहर त गर्छौं तर त्यो कुकुर कसरी उत्पादन गरिएको हो रु कहाँबाट गरिएको हो रु सोधीखोजी गर्दैनौं । त्यही कारण कुकुरलाई यातनापूर्वक खोरमा राखेर बच्चा उत्पादन गर्ने र बेच्ने धन्दा व्यापक छ ।
हामीले कुकुर पाल्दा त्यो कुकुरको बच्चा कसरी उत्पादन गरिएको हो भनेर पनि सोधीखोजी गर्नुपर्छ । नभए, अवैधानिक, अव्यावहारिक, अवैज्ञानिक र अमानवीय ढंगले कुकुर उत्पादन गर्ने धन्दा फस्टाउन सक्छ ।
र, कसैले कुकुर प्रेमपूर्वक पाल्छ, अरूलाई बाधा–असर नपर्ने गरी घरबाहिर डुलाउँछ, घुमाउँछ भने त्यो उसको आफ्नो अधिकार हो । कुनै पनि व्यक्तिलाई आफ्नो सहजता अनुसार बाँच्न पाउने पूरापूर हक छ । अर्को महत्वपूर्ण कुरा, यो शहर वा धर्ती मान्छेको मात्र पेवा होइन । यहाँ जन्मने हरेक प्राणीको बाँच्न पाउने उत्तिकै अधिकार छ । Mixmax haso ramailo