हाईकर्स क्लब नेपालको प्रारम्भिक साधारण सभा सम्पन्न

हाईकर्स क्लव नेपालले पोखरामा आफ्नो प्रारम्भिक साधारण सभा सम्पन्न गरेको छ । कृष्ण बहादुर रानाभाटको संयोजकत्वमा ५ वर्ष देखि नियमित सञ्चालन भएको सो हाईकर्स क्लवले हालै बिधिवत दर्ता प्रक्रिया पुरा गरेर आफ्ना हाल सम्मका ६३ सदस्य बिच यो प्रारम्भिक साधारण सभा गरेको हो । उक्त साधारण सभामा प्रमुख अतिथीको तर्फ बाट पोखरा महानगरपालिका वडा नं २३ का वडाअध्यक्ष रामकाजीले भने देश र समाजका हाम्रा सम्पदालाई संरक्षण र प्रचारप्रसार गर्ने कुरामा बढि ध्यान दिनुपर्ने बताए । उनले पर्यटनबाट हुने देश बिकास र समाज बिकासमा यो हाईकर्स क्लवहरु जस्ता संस्थाको ठुलो भूमिका रहन्छ भन्दै पोखरा महानगर पालिकालाई हेरिटेज संरक्षणमा लागेको कुरा ब्यक्त गरे ।
कार्यक्रममा ब्यावसाय प्रर्बद्धन केन्द्र पोखराका प्रमुख नवराज अधिकारी,स्वतन्त्र पत्रकार संघ कास्कीका अध्यक्ष असफल गौतम, हाईकर्स क्लव नेपालका परिकल्पनाकार प्रबिन थकाली र भिटोफका संस्थापक अध्यक्ष तारानाथ पहारीले हाईकर्स क्लवका गरिबिधी र हाईक गर्दाका फाइदाहरुको बारेमा आआफ्नो बिचार ब्यक्त गरेका थिए ।
यस हाईकर्स क्लव नेपालले कास्की, स्याड.जा र तनहुका बिभिन्न ४३ स्थानहरुमा भ्रमण गरिसकेको छ । ४३औ भाग सम्पन्न गरिसकेको यो हाईकर्सले २ हजार भन्दा वढिलाई बिभिन्न स्थानहरुमा हाईकिड. गराई सकेको छ । प्रतेक महिनाको अन्तिम शनिबार हुने हाईकिड. कार्यक्रममा ५ वर्ष देखी ७६ वर्ष सम्मका बालक देखी बृद्धसम्मले सहभागिता जनाएको रेकर्ड छ । स्वतह स्फुर्तरुपमा आफ्नै पैसा खर्चगरेर समुहमा रमाउने तथा शाररिक ब्यायम र नया स्थानहरुको अवलोकन गर्न पाउने हुनाले यसको लोकप्रियता दिनानुदिन वढ्दो छ ।
उक्त कार्यक्रममा संस्थाको शूरुवात देखी हाल सम्म ५ वर्षको अवधीमा हाईकर्स क्लवले गरेका क्रियाकलाव सहित हाईक गरेका स्थानहरुको बारेमा र समग्र संस्थागत गतिबिधीको बारेमा उक्त संस्थाका सचिब मधु अधिकारीले प्रगती प्रतिबेदन प्रस्तुत गरेका थिए । संस्थाका अध्यक्ष कृष्ण बहादुर रानाभाटको सभापतित्वमा भएको सो कार्यक्रम उपाध्यक्ष ज्योती हमालले स्वागत मन्तब्य राखेकी थिइन । महेन्द्रपुल डि भिलेजमा भएको सो कार्यक्रमको सञ्चालन प्रितम सेन ठकुरीले गरेका थिए ।

Leave A Reply

Your email address will not be published.