एम ए समाजशास्त्रका नयाँ विद्यार्थीलाई स्वागत कार्यक्रम

समाजशास्त्र बिद्यार्थी समाज पोखराले नया बिद्यार्थीहरुलाई स्वागत गरेको छ । पोखराको पृथ्वी नारायण क्याम्पसमा स्नातकोत्तर तह प्रथम तथा दित्तिय वर्षमा भर्ना भएका नया बिद्यार्थीहरुलाई समाजशास्त्र बिद्यार्थी समाजको आयोजनामा सोमबार एक कार्यक्रमका साथ स्वागत गरिएको छ । उक्त स्वागत कार्यक्रममा समाजशास्त्र बिभागिय प्रमुख शिव बहादुर थापाले समाजशास्त्र अध्यान गर्न आएका बिद्यार्थीले आफ्नो भविष्यको पेशा समाजशास्त्रलाई नै देख्ने गरि अध्यानमा ध्यान दिन आग्रह गरेका थिए । बिद्यार्थीको संख्यात्मक र गुणात्मक संख्यामा गिरावट आउनु समाज, देश र बिश्व बिद्यालय समेतको चासोको बिषय रहेको बताएका थिए । कार्यक्रममा समाजशास्त्रका प्राध्यापक रामचन्द्र बरालले बिद्यार्थीहरु बिच एकले अर्कोलाई स्वागत र बिदाई जस्ता कार्यक्रमहरु राखेर एकआपसमा सम्बन्ध बनाईरहनु शुभ कार्य भएको भए पनि निरन्तरता दिनु अझ ठुलो कुरा रहेका बताएका थिए । कार्यक्रममा नया बिद्यार्थीको तर्फबाट बुद्धिसागर रानाभाट तथा प्रतिमा बस्नेतले स्वागत कार्यक्रम प्रति कृतज्ञता प्रकट गरेका थिए ।
हाल समाजशास्त्र स्नातकोत्तर चौथो सेमिस्टर पढ्दै गरेका बिद्यार्थीहरुको सक्रियतामा स्थापित समाजशास्त्र बिद्यार्थी समाज पोखराले आयोजना गरेको सो कार्यक्रममा नया बिद्यार्थीहरुलाई समाजको तर्फबाट कलम उपहार दिएर स्वागत गरिएको थियो । साथै आफुलाई अध्यापन गराएका सरहरुलाई पनि कलम उपहार दिएर अध्यापन गराउनु भएकोमा भन्दै कृतज्ञता प्रकट गरिएको थियो ।
समाजशास्त्र स्नाकोत्तर तह अन्तरगत हाल सञ्चालन भैरहेका सवै तीन कक्षाहरुका बिद्यार्थी तथा सर मेडमहरुको उपस्थिती रहेको सो कार्यक्रम समाजशास्त्र बिद्यार्थी समाज तदर्थ समिति संयोजक घनश्याम पौडेलको सभापतित्वमा भएको थियो । सो कार्यक्रममा संस्थाका उपसंयोजक राजु थापाले स्वागत मन्तब्य र कार्यक्रम सञ्चालन तदर्थ समिति सचिव प्रान्जलले गरेका थिए ।
एम ए समाजशास्त्रका नया बिद्यार्थीलाई स्वागत कार्यक्रम

Leave A Reply

Your email address will not be published.