१ सय ४१ डीएसपीको सरूवा, कास्कीमा श्रवण बिकको स्थानमा बसन्त शर्मा आउँदै

१ सय ४१ जना प्रहरी नायव उपरीक्षकको प्रहरी प्रधान कार्यालयले बुधबार सरुवा गरेको छ ।

प्रहरी महानिरीक्षकको चैत ०७ गतेको निर्णयअनुसार मिति २०८० साल चैत्र महिना देखिको तलब, भत्ता समेत हाल सरुवा भएको दरबन्दीबाट खान पाउने गरी प्रहरी नायव उपरीक्षकहरूलाई सरुवा गरिएको सूचनामा उल्लेख छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीमा कार्यरत प्रहरी नायव उपरीक्षक श्रवणकुमार विकको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, तनहुँमा सरुवा भएको छ ।

डीएसपी जिल्ला प्रहरी कार्यालय कास्कीको प्रवक्ता जिम्मेवारीमा रहन्छन् । बिककाे स्थामना कास्कीमा बसन्त कुमार शर्मा आउने भएका छन् ।

प्रहरी नायव उपरीक्षक विकको सरुवा भएपछि  कर्णाली प्रहरी प्रहरी कार्यालय गम्भिर अपराध अनुसन्धान शाखा विरेन्द्रनगर सुर्खेतमा कार्यरत शर्माको जिल्ला प्रहरी कार्यालय कास्कीमा सरुवा भएको हो ।

Leave A Reply

Your email address will not be published.