newa srijana

गण्डकीका मुख्य न्यायाधिवक्तामा अधिकारी नियुक्त

लमजुङका कृष्णप्रसाद अधिकारी गण्डकी प्रदेशका मुख्यन्यायाधिवक्ता नियुक्त भएका छन्।

अधिकारीलाई प्रदेश प्रमुख डिल्लीराज भट्टले नेपालको संविधानको धारा १६० को उपधारा (२) बमोजिम बिहीबार मुख्य न्यायाधिवक्ता नियुक्त गरेका हुन् ।

गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले मंगलबार बसेको मन्त्रिपरिषद बैठकबाट अधिकारीलाई मुख्य न्यायाधिवक्ता बनाउने निर्णय गरेका थिए ।

Mountain run pokhara click
सिटीजन फनिच्रर

नवनियुक्त मुख्य न्यायाधीवक्ता अधिकारीले बिहीबार पद तथा गोपनीयताको शपथ लिएका छन् । उच्च अदालत पोखराका कायममुकायम मुख्य न्यायाधीश राजनप्रसाद भट्टराईबाट  उनले पद तथा गोपनीयताको शपथ लिएका हुन् ।

शपथलगत्तै अधिकारीले पदबहाली गरेका छन् । कानुनमा स्नातक अधिकारी लमजुङमै कानुन व्यवसायमा संलग्न थिए । लमजुङ जिल्ला बारमा तीन कार्यकाल अध्यक्ष भइसक्नुभएका अधिकारी चैत तेस्रो साता भएको एमाले जिल्ला अधिवेशनमा अध्यक्षमा पराजित भएका थिए ।

चैत २५ गते मुख्यमन्त्री नियुक्त भएका खगराज अधिकारी नेतृत्वको सरकारविरुद्ध २९ गते नै सर्वाेच्चमा रिट परेको छ । रिटको प्रारम्भिक सुनुवाइ गर्दै अदालतले सरकारलाई दीर्घकालीन निर्णय नगर्न बुधबार आदेश गरेको छ ।

Rabin photo