पोखरा फोटोग्राफरको नयावर्षको शुभकामना सहित क्यालेण्डर बिमोचन र अक्षयकोष स्थापना

पोखरा, ५ बैशाख
पोखरा फोटोग्राफर संघ, पोखरा नेपालले नववर्ष २०८१ को शुभकामना आदान प्रदान सहित आफ्नो भित्तेपात्रो बिमोचन गरेको छ । बुधबार टुडाको पाटन पोखरामा रहेको आफ्नै कार्यालयमा भएको कार्यक्रममा संघका पूर्व अध्यक्ष तथा बर्तमान कार्यसमिति सहित संस्थाका सदस्यहरुको उपस्थितीमा संयुक्त रुपमा क्यालेण्डर बिमोचन गरिएको थियो ।
यसै बिच सोही कार्यक्रममा महिला फोटोग्राफर नन्दकला पौडेलको परिवारले नन्दकला कै जन्मदिनको अवसर पारेर रु ५५ हजारको अक्षयकोष स्थापनार्थ चेक हस्तान्तरण तथा बिनियम र अक्षयकोष सम्झौता पत्र आदनप्रदान गरिएको थियो । यस पुरस्कारको नाम नन्द नारी फोटोग्राफी पुरस्कार रहने तथा यस पुरस्कारले पोखरा क्षेत्रमा ब्यावसायिक रुपमा फोटोग्राफी गर्दैै आएका महिला फोटोग्राफरको फोटोहरुबाट छनोट भएको फोटोलाई पुरस्कृत गरिने छ । कार्यक्रममा पोखरा फोटोग्राफर संघका सल्लाहकार तथा निर्वतमान अध्यक्ष घनश्याम पौडेलले अक्षयकोष स्थापना र पुरस्कार प्रदान बारेमा अक्षयकोषदाताको तर्फबाट आफ्ना कुरा राखेका थिए । यस्तै संघका कोषाध्यक्ष तथा पुरस्कार अक्षयकोषदाता नन्दकला पौडेलले पनि महिला फोटोग्राफर भएर ब्यवासायमा जुझ्न पहिले परेका आफ्ना तिता मिठा अनुभवबारेमा ब्यक्त गरेकि थिईन ।
शुभकामना तथा क्यालेण्डर बिमोचन कार्यक्रममा संस्थाका पूर्व अध्यक्ष तथा संरक्षक गणेश छवी, पूर्वअध्यक्षहरु जयन्द्रराज राजभण्डारी,बलराम शर्मा, रबिनाथ दाहाल, जनकराज तिवारी लगायतले शुभकामना मन्तब्य दिएका थिए । संस्थाका पूर्व अध्यक्ष मदन सुब्बाको प्रमुख आतिथ्यतामा भएको सो कार्यक्रम उपस्थित सवैले शुभकामना आदनप्रदान गरेका थिए । पोखरा फोटोग्राफर संघका अध्यक्ष रामचन्द्र पोख्रेलको अध्यक्षतामा भएको सो कार्यक्रम कोषाध्यक्ष नन्दकला पौडेलले सञ्चालिन गरेकि थिइन ।
स्मरण रहोस पोखरा फोटोग्राफर संघ पोखरा क्षेत्रमा फोटोग्राफी ब्यावसायीको रुपमा कार्यरत फोटोग्राफरहरुले आज भन्दा ४१ वर्ष पहिले अर्थात बिसं २०३९ मा स्थापना गरिएको एक निरन्तर सक्रिय सामाजिक संस्था हो । हाल यसमा झण्डै २ सय फोटो स्टुडियोका सदस्यहरु रहेका छन । पेशागत हक, हित र ब्यावसायिक ज्ञान बृद्धिका लागि स्थापित यो संस्थाले आफ्ना सदस्यको लागि बिभिन्न समयमा फोटोग्राफी तथा अन्य समसामहिक तालिम तथा गोष्ठीहरु गर्दै आईरहेको छ ।

 

Leave A Reply

Your email address will not be published.