मन्त्री चुमानले गरे मन्त्रालयको पदभार ग्रहण

पोखरा, ९बैशाख ,

गण्डकी प्रदेश सरकारका आर्थिक मामिला मन्त्री हरी बहादुर चुमानल पुजिगत खर्चको बढाउन सरकारको बिषेश ध्यान जाने बताए ।

मन्त्रालयको पदभार ग्रहण गर्दे मन्त्री चुमानले उनले बिगत देखि नै प्रदेश सरकारले खर्चदर बृद्धि गर्ने कुरा गर्दे आएको र यो पटक कार्यान्वयन गर्न लागि पर्ने उल्लेख गरे । आगामी बर्ष लगानी सम्मेलन गर्ने पहिलो निणर्य गर्दे मन्त्री चुमानले लगानी सम्मेलन अध्ययन कार्यदल समेत गठन गर्ने र्निणय गरेका छन् । आर्थिक मन्त्रालयको सचिवको नेतृत्वमा ७ सदस्यीय कार्यदल गठन गरिएको हो ।

नयाँ सरकारले प्रदेशको नितिगत समस्या समाधान, प्रदेश प्रति थप सचेतना तथा औधोगिक पुर्बाधारको बिकास, आर्थिक स्रोतबृद्धीका लागि आबस्यक कदम चाल्ने उनको भनाई थियो । पदभार ग्रहण लगत्तै कर्मचारीहरुलाई बिषे र्निदेशन दिदै उनले समान्य प्राबिधिक कमजोरीलाई टेकेर रातो कितावका योजना समेत कार्यान्वयनमा देखिएका समस्या समाधान गर्नुपर्नेमा जोड दिए ।

बजेट खर्च गर्ने परिपाटीमा पनि आगामी आर्थिक बर्षमा सुधार गरेर लैजाने उनको भनाई थियो । ईन्भेष्ट गण्डकी मा पर्यटनलाई प्राथमिकतामा राखिएको छ । त्यसैगरी औधोगिक पुर्बाधार जलबिद्युत लाई समेटेर एक अबधारण पत्र तयार गरि अगाडी बढीने मन्त्रालयले तयारी सुरु गर्ने ब्यबस्था मिलाइएको बताइएको छ । लगानी सम्मेलन संगै आगामी पन्चबर्षिय योजनालाई त्यसक्रै आधारमा प्रभावकारी बनाउने सरकारको तयारी रहेको छ ।

Leave A Reply

Your email address will not be published.