पोखरामा बंगलादेशका पत्रकारलाई स्वागत

बैशाख १४, पोखरा ।
बंगलादेशको नारायणगण्ज प्रेस क्लवका पत्रकारहरुलाई पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले ढाकाको टोपी लगाई स्वागत गरेका छन । कावास्की हुसेनको नेतृत्वमा आएको २० सदस्य बंगलादेशी फोटोपत्रकार तथा प्रेस क्लव सदस्य टोली नेपाल फोटोजर्नालिष्ट कास्कीको निमन्त्रणामा शुक्रबार साझ पोखरा आएको हो । शुक्रबार साझ भएको स्वागत कार्यक्रममा पोखरा महानगरपालिकाका प्रमुख धनराज आर्चायले पोखरामा आएका पाहुनाहरुलाई स्वागत गर्दैै पर्यटनको राजधानी पोखरा शहरलाई पर्यटनमुखी बनाउन हरसम्भव प्रयास गरिहेको कुरा ब्यक्त गरे ।
सोही कार्यक्रममा नेपाल फोटोपत्रकार संघका अध्यक्ष दुर्गा प्रसाद पौडेलले पनि अतिथीहरुलाई स्वागत गर्नुको साथै पोखरालाई फोटोपत्रकारिताको तर्फबाट कसरी योगदान दिन सकिन्छ भन्ने विषयमा संस्थाले निकै प्रयास गरिरहेको जानाकारी दिए । पोखराका फोटोपत्रकार सहित सवै बिधाका पत्रकार उपस्थित सो कार्यक्रममा बंगलादेश तथा काठमाण्डौबाट आएका पाहुनालाई फेवातालको छेउ पोखरामा स्वागत र मायाको चिनो स्वरुप ढाकाको टोपी र नेपालको झण्डा प्रदान गर्दै स्वागत गरिएको थियो ।
यसै बिच नेपाल फोटो जर्नालिस्ट कास्कीका अध्यक्ष दुर्गा प्रसाद पौडेलका अनुसार बैशाख १५ गते शनिवार बिहान ८ बजे पोखरा रंगशालामा पनि यिनै बंगलादेशी पत्रकार समूह र नेपाल फोटोपत्रकार कास्कीका सदस्य बिच मैत्रीपूर्ण फुटबल खेल हुनगईरहेको छ ।
यस अगाडी काठमाण्डौमा राष्ट्रिय फोटोपत्रकार समूह नेपाल एनएफपिजेले स्वागत गर्नुको साथै अन्तराष्ट्रिय मैत्रिपूर्ण खेल समेत खेलेको थियो ।

Photo by Pokharacity.com

Leave A Reply

Your email address will not be published.