थाप्लेका गुरुड. पुजारीले बचाएको पाच गाउ

अधिकांस ब्रामण र क्षेत्री रहेको पाच गाउहरुको साझा पुज्य भूमिको पुजारीमा गुरुड. परिवार नै रहदै आएका छन । उनै गुरुड.को परिवारलाई थाप्ले भुमे मन्दिरको पुजारीको रुपमा गुरुड.समुदाय, ब्रामण, क्षेत्री, दलित तथा त्यस वरपरका सल्यान, बासखर्क, भदौरे, पाउदुर र लुम्ले गाउका सवै जातजाती स्थानियबासीले मान्दै आएका छन । बर्षमा २ पटक पुजा हुने उक्त मन्दिर कास्कीको अन्नपूर्ण गाउपालिका अन्तरगत वडा नं ३,४,५ र ६ को केन्द्रबिन्दुको समुन्द्र सतह देखी २१ सय मिटर उचाईको थाप्ले डाडोमा रहेको छ ।
पाउदुर र लुम्ले गाउमा अधिकांस पौडेल तथा ब्रामण जातीको बासस्थान छ भने सल्यान गाउमा क्षेत्री र ब्रामणहरु छन । बासर्खक र भदौरेमा भने गुरुड. समुदायको बाहुल्यता छ । जो जस्तो सुकै जाती भएतापनि परम्परा देखी चलेको चलन अनुसार उक्त थाप्ले भुमेको पुजाको मुख्य पुजारी भने बासखर्कका हालका अशोक गुरुड.को परिवार अर्थात जिजु बराजे देखी बुबा र अहिले उनको दाजुले गर्र्दै आएका छन । अशोक गुरुड.का अनुसार बिसं १९०८ मा तत्कालिन श्री ३ भिमसम्सेर राणाको बाहुलीबाट सो थाप्ले भुमेको पुजाआजा तिमिले गर्नु र गुठीको रुपमा पाएको खेतको प्रसाद मन्दिरमा चढाउनु भन्ने हुकुमप्रबाड.गी उनका बाजेले प्राप्त गरेको बताए ।
घनाजंगलको बिचको टाकुरामा रहेका सो मन्दिर स्थलबाट हिमालय श्रृखंला देखिनुको साथी फेवाताल र पोखरा पनि सगै देखिन्छ भने नजिकैका सयौ गाउको अवलोकन गर्न सकिन्छ । बर्षमा २ पटक पुजापाठ हुने सो मन्दिरमा खासगरी बैशाख महिनामा पर्ने पुजामा भब्य मेलालाग्ने गरेको छ । वरपरका गाउलेहरुले भेडाको थुमो बलि दिन लगिन्छ भने अन्य ब्यक्ति तथा संघसस्थाको तर्फबाट पनि बलि दिन भेडाको थुमो लैजाने गरिन्छ । उक्त स्थानमा पुजा गर्नले परिवारमा सुखशान्ति मिल्ने , लगाएको फसल राम्रो हुने , प्राकृतिक बिपद नपर्ने र आटेको पुग्ने जनबिश्वास छ । यो एक बनभोज जस्तै रमाइलोसग मनाउने पनि गरिन्छ । गाउलेहरु मिलेर बलि दिने भेडा लैजान्छन र त्यही बलि दिएर गएकाहरुले प्रसादको रुपमा त्यही काटेर पोलेर वा पकाएर खाएर आउछन । यसरी बलि दिएको मासु घरमा लैजानु हुदैन भन्ने पनि जनबिश्वास रहेको स्थानिय समाजसेवी ओमप्रसाद पौडेलले बताए ।
थाप्ले भुमेको मन्दिर पुग्ने पोखरा बाग्लुड. राजमार्गको काडे बजारबाट पश्चिम तर्फ भदौरे सल्यान जाने बाटो भएर करिव ३ किलो मिटर कटेपछी उत्तर तर्फको डाडोमा मन्दिर छ ।

Leave A Reply

Your email address will not be published.