कास्कीमा पहिरोले घर पुरिँदा २ जनाको मृत्यु

इन्द्रप्रसाद पौडेल
कास्कीको विभिन्न ठाउँमा पहिरोले घरमा क्षति पु¥याउँदा २ जनाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार गएराती २ बजेतिर मादी गाउँपालिका ५ चितेपानी घुम्तीमा प्रकाश रानाभाटको घरपछाडिबाट ढिस्को खस्दा उनका १३ वर्षिया छोरी आयुष्मा रानाभाटको मृत्यु भएको छ । प्रकाशकी आमा ७० वर्षिया लालमाया बन्जाडीको सकुशल उद्दार गरिएको छ ।
गएराती ३ बजेतिर पोखरा महानगरपालिका २७, आरुपाटामा ढुंगामाटोको घरमा माटोको ढिस्को खस्दा हरि सुनारका ३ वर्षिय छोरा अनमोल सुनारको मृत्यु भएको छ । हरिका श्रीमती २७ वर्षिया ऋतु सुनार गम्भीर घाइते भएकी छन् । टाउको र ढाडमा गम्भीर चोट लागेका उनको गण्डकी मेडिकल कलेज पोखरामा उपचार भइरहेको प्रहरीले जनाएको छ । हरिका ९ वर्षिया छोरी अञ्जली सुनारलाई भने सकुशल उद्दार गरिएको कास्की प्रहरीले जनाएको छ । घर पूरर्ण रुपमा क्षति भएको प्रहरीले जनाएको छ ।
यसैगरी, पृथ्वी राजमार्ग अन्तरगत पोखरा महानगरपालिका १४, चाउथे नजिकै विजयपुर खोला ओरालोमा बाढीपहिरोका कारण सडकमा क्षति पुग्दा एकतर्फी सञ्चालन भइरहेको प्रहरीले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.