राष्ट्रिय युवा संघ नेपालले ३ लाख विरुवा रोप्ने

राष्ट्रिय युवा संघ नेपालले ३ लाख विरुवा रोप्ने लक्ष्य राखेकोले सोही अनुसार ७३ औं मदन जयन्तीको अवसरमा कास्कीमा भएको   वृक्षरोपण कार्यक्रममा कुल ४ सय ८४ वटा फलफुलका विरुवा रोपियो ।  राष्ट्रिय युवा संघ नेपाल कास्कीले आयोजना गरेको वृक्षरोपण कार्यक्रम मा नेपालले काठ विदेशबाट निर्मात गर्ने नभइ यहाँबाट विदेश आयात गर्नुपर्ने , यस्तो गर्न सके राष्ट्रिय पुँजी निर्माणमा सकारात्मक सहयोग पुग्ने   राष्ट्रिय युवा संघ नेपालका पूर्व अध्यक्ष राजीव पहारी र नेकपा एमाले कास्की अध्यक्ष वैनबहादुर अधिकारी क्षेत्री लगायतले बताए । उक्त बृक्षारोपण कार्यक्रम जननेता मदन भण्डारी को स्मृतीमा भएको थियो ।

 

Leave A Reply

Your email address will not be published.