अयरपानी होमस्टेमा पोखरेली पत्रकारको अन्तरक्रिया

मैदान मिडिया,पोखरा,
कास्की र स्याड.जा जिल्लाको दक्षिण पश्चिमी सिमाना मट्टीखान,पोखरा २१ स्थित अयरपानी होमस्टेमा प्रेस क्लव गण्डकीले आयोजना गरेको पोखराको पर्यटनमा पत्रकारको भूमिका बिषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
अन्तरक्रिया कार्यक्रमको प्रमुख आथित्यता गर्दै पोखरा महानगरपालिका उपप्रमुख मञ्जुदेवी गुरुड.ले सञ्चार क्षेत्र वा सञ्चार कर्मी , विकासे निकाय र पर्यटन विकास त्रिकोणात्मक भुमिका भएर नै बिश्वसामू नेपालको पर्यटन पुर्याउन सकिने बताउदै कलम र क्यामेराको शक्तिबारे आफ्नो भनाई राखेकि थिईन ।


पोखरा महानगरपालिकाको सहयोग र पोखरेली पत्रकारको सक्रिया समूह प्रेस क्लव गण्डकीले सक्रियतामा भएको सो कार्यक्रममा अयरपानी होमस्टेका स्थानिय, पोखरा महानगरपालिकाका प्रतिनिधी र झण्डै पोखराको मिडिया क्षेत्रमा कार्यरत ३० पत्रकारको उपस्थिती रहेको थियो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ केन्द्रिय सदस्य सरिता तिम्सिना पगेनी, नेपाल पत्रकार महासंघ कास्की शाखा उपाध्यक्ष रामप्रसाद तिमिल्सिना, पोखरा महानगर न्यायिक समिति सदस्य कालिदास पोख्रेल, स्थानिय अयरपानी होमस्टेका सचिव राजकुमार गुरुड.ले आआफ्नो मन्तब्य राखेका थिए । अयरपानी होमस्टेको ईतिहास देखी बर्तमानसम्मको अवस्थाबारे सोही होमस्टेका सदस्य बिन्दु गुरुड.ले स्पस्ट जानाकारी दिदै आगामी कार्य योजनामा सामुदायिक भवन रहेको जानाकारी दिईन । प्रेस क्लव गण्डकीका अध्यक्ष एकराज गिरिको अध्यक्षतामा भएको उक्त कार्यक्रम क्लवका सचिव गौरव त्रिपाठीले सञ्चालन गरेका थिए ।


सोही कार्यक्रममा यस अगाडी प्रेस क्लव गण्डकीले आयोजना गरेको फिचर लेखन पत्रकारिता तालिमका प्रशिक्षक पोखराका बरिष्ठ पत्रकार केशवशरण लामिछानेलाई सन्मान तथा मायाको चिनो प्रदान गरिएको थियो । साथै सोही फिचर लेखनको प्रतिस्पर्धामा प्रथम हुने पोखरा पत्रकारद्धय आशा मायामगर र प्रमिला कुवर लाई पुरस्कार रकम सहित सम्मान गरिएको थियो । आशामाया मगर पोखरामा रहेको सिटिवान टेलिभिजनमा आबद्ध छन भने प्रमिला समाधान दैनिकमा पत्रकारिता गर्दै आएकिछन ।


अयरपानी सामुदायिक होमस्टे स्थानियबासीको पहलमा २०७६ साल देखी सञ्चालन हुदै आएको प्रचलित होमस्टे हो । यहा हाल १५ घर गुरुड.परिवारले सञ्चालन गर्दै आएका छन भने निकट भविष्यमा गाउमा रहेका अन्य जाती समुदाय पनि समावेश गरी २५ घर पुर्याउने लक्ष्य रहेको सचिव राजकुमार गुरुड.ले जानाकारी दिए । उनले यस होमस्टे बिकास तथा गाउको बाटोघाटो बिकासको लागि प्रदेश सरकारले १० लाख र फेदीखोला गाउपालिकाले २ लाख तथा पोखरा महानगरपालिकाले साढे २ लाखको योजना दिएको समेत जानाकारी गराए ।
नेपालमा होमस्टे अर्थात घरबासको कार्यक्रम बि सं २०५४ देखी स्याड.जाको शिरुवारी गाउबाट बिकास भएको हो । घरवास कार्यक्रमका जन्मदाता क्या रुद्रमान गुरुड.को सक्रियाता र सोचले नेपालमा होमस्टे अर्थात घरबास कार्यक्रम नेपालका गाउघर र शहरमा समेत फैलिएको छ । हाल नेपालमा झण्डै १५ सय होमस्टे छन भने नेपाल होम स्टे फेडेरेसनमा दर्ता भएका सामुदायिक होमस्टेको संख्या ७ सय हाराहारी छ । करिव ७ हजार घरधुरी आवद्ध होमस्टेहरुले नेपालको ग्रामिण पर्यटन बिकासमा अग्रणी भूमिका खेलिरहेका छन । नेपाल सरकारले होमस्टे अर्थात घरबास कार्यक्रमलाई ब्यवस्थित रुपमा सञ्चालन गर्न र ग्रामिण क्षेत्रको बिकासको हेतु बिसं २०६७ मा घरबास ब्यवस्थापन ऐन ल्याएको थियो । सोही बमोजिमको कानूनमा रहेर अधिकांश सामुदायिक होमस्टेहरुले आफनो परिवारको आर्थिक आय आर्जन र गाउको बिकासमा सहयोग पुर्याएका छन भने शहरी ब्यस्त कार्य बोझ र शहरी बसाईबाट बाहिर ग्रामिण क्षेत्रमा गएर आराम गर्ने मनोरञ्जन गर्ने स्थानको रुपमा होमस्टे निकै रफतारमा बिकास भैरहेका छन ।

 https://youtu.be/TAGM9JXW_-  Ayerpani

Leave A Reply

Your email address will not be published.