newa srijana

छैटौं टाइगर कप भलिबलमा माल्दिभ्सको राष्ट्रिय टोली सहभागी हुने, पुरस्कार राशिमा वृद्धि

पोखरा । आगामी माघ ९ देखि १७ गतेसम्म पोखरामा आयोजना हुने छैटौं टाइगर कप भलिबल च्याम्पियनसिपमा माल्दिभ्सको पुरुष राष्ट्रिय टोलीले औपचारिक रूपमा सहभागिता जनाउने भएको छ। शनिबार सम्पन्न टाइगर ग्रुप अफ पोखरा नेपालको चौथो वार्षिक साधारण सभामा अध्यक्ष नारायणप्रसाद शर्माले माल्दिभ्सको टिम सहभागी हुने जानकारी दिँदै अन्तर्राष्ट्रिय टोलीको आगमनले प्रतियोगिताको स्तर र विश्वसनीयता थप सुदृढ भएको टिप्पणी गरे।

अध्यक्ष शर्माका अनुसार, विदेशी राष्ट्रिय टोलीको उपस्थिति टाइगर कपलाई राष्ट्रिय सीमाभन्दा बाहिर चिनाउने एक प्रमुख अवसरका रूपमा रहेको छ। उनकाे भनाइमा, यसपटकको संस्करणलाई थप प्रतिस्पर्धात्मक बनाउने उद्देश्यले पुरस्कार राशिमा समेत उल्लेख्य वृद्धि गरिएको छ।

World link net

प्रतियोगितामा महिला तथा पुरुष दुवै विधाका विजेता टोलीलाई जनही ६ लाख ६६ हजार ६ सय ६६ रुपैयाँ प्रदान गरिनेछ। गत वर्ष विजेताले ५ लाख ८५ हजार ५५५ रुपैयाँ मात्र पाउँदै आएका थिए। उपविजेता टोलीका लागि ३ लाख ६६ हजार ६ सय ६६ र तेस्रो स्थान हासिल गर्ने टोलीका लागि १ लाख ६६ हजार ६६६ रुपैयाँ को पुरस्कार तोकिएको छ।

व्यक्तिगततर्फ, उत्कृष्ट खेलाडी (MVP) ले २६ हजार ६ सय ६६ रुपैयाँ, जबकि विधागत उत्कृष्ट खेलाडीले ११ हजार ६६६ रुपैयाँ पाउनेछन्।

टाइगर ग्रुप अफ पोखराले भलिबलको माध्यमबाट स्थानीय खेलकुदलाई भौतिक तथा प्राविधिक रूपमा सुदृढ गर्दै आएको छ। अध्यक्ष शर्माले संस्थाले खेलकुदसँगै सामाजिक क्षेत्रमा पनि निरन्तर सक्रियता जारी राखेको उल्लेख गरे।

सिटीजन फनिच्रर