पोखरामा हरित अर्थतन्त्र समृद्धीको आधारबारे छलफल

पोखरा, वातावरणीय र प्राकृतिक श्रोत सुरक्षा मापदण्ड सम्बन्धी बिषयमा बुधवार पोखरामा एक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
सामुदायिक बन उपभोक्ता महासंघ नेपाल प्रदेश महासंघ गण्डकी प्रदेशको आयोजनामा बनको दिगो ब्यवस्थापन र सामुदायिक अधिकार, समाबेशी, सुशासन र हरित अर्थतन्त्र समृद्धिको आधार नाराका साथ कार्यक्रम शुरु भएको थियो । उक्त कार्यक्रममा बन तथा वातावरण सुरक्षा सम्बन्धमा सामुदायिक बन उपभोक्ता महासंघका प्रशिक्षक डिलराज खनालद्धारा नेपालको वातावरणीय र प्राकृतिक श्रोत सुरक्षा सम्बन्धमा भएगरेका कार्य बारे प्रशिक्षण दिएका थिए । प्रशिक्षणमा उनले वातावरणीय सुरक्षा वास्तवमा सामाजिक सुरक्षा भन्दा कम छैन त्यसैले राज्यको ब्यवस्थापन देखी उपभोक्ता समेतले सुरक्षा मापदण्ड कायम राख्नु पर्ने बताए । साथमा बिभिन्न संरक्षण क्षेत्र तथा बिकास क्षेत्रहरुबारेमा बास्तविकताका तथ्य प्रस्तुत गरेका थिए । खासगरी चितवन अन्नपूर्ण भूपरिधी क्षेत्रमा बातावरण सुरक्षा चुनैतिबारे कार्यपत्र प्रस्तुत गरेका थिए ।
भेलामा प्रमुख अतिथीको तर्फबाट गण्डकी प्रदेश उद्योग तथा बातावरण मन्त्रालय सचिव रामचन्द्र कडेलले कानून र कानून कार्यनन्यनको अवस्थामा भएका चुनौतीबारे प्रष्ट पारेका थिए । स्थानिय निकाय लगायत सरकारी कर्मचारीलाई समेत वातावरण मैत्री बिषय बस्तु एआई तथा इएआई बारेमा राम्रो जानाकारी हुनु आवश्यक रहेको सचिव कडेलले उल्लेख गरे ।
समामूदायिक बन उपभोक्ता महासंघका अध्यक्ष ठाकुर प्रसाद भण्डारीले सामुदायिक बन सवैभन्दा बढि अतिक्रमण सरकारले नै गरेको आरोप लगाए । बिभिन्न योजना र बिकासे कार्यक्रमको नाममा बन बिनास भैरहेको र बनको सहि उपभोग उपभोक्ताले गर्न नपाएको विषयमा दुख ब्यक्त गरे ।
सामुदायिक बन उपभोक्ता महासंघ प्रदेशका अध्यक्ष कालिदास सुबेदीले बन ऐन बारेमा सांसद र जनप्रतिनिधीलाई नै पढाउनु पर्ने उल्लेख गर्दै हामी बिकास बिरोधी हैनौ तर बिकासको नाममा बन बिनास गर्न नहुने बताए ।
भेलामा सामुदायिक बन उपभोक्ता महासंघ केन्द्रका प्रतिनिधीहरु, गण्डकी प्रदेशका अधिकांश बन तथा बातावरण क्षेत्रमा कार्यरत संस्था, जिल्ला बन कार्यालय, अन्नपूर्ण संरक्षण क्षेत्रका प्रतिनिधी, बन बातावरण क्षेत्रका अगुवाहरु साथै कास्की, पर्वत, तनहु स्याड.जा लगायत जिल्लाका सामुदायिक बन उपभोक्ता महासंघका जिल्ला प्रतिनिधीहरु समेत उपस्थित भेलामा बन, बातावरण र जलबायु परिवर्तनले स्थानिय स्तरमा भोग्नुपरेका बिबिध समस्या बारेमा छलफल भएको थियो ।

 

Leave A Reply

Your email address will not be published.