कोटि होम १

पोखरामा स्वरूप परिवर्तन गरिएका १४९ मोटरसाइकल नियन्त्रणमा

जिल्ला प्रहरी कार्यालय कास्की मातहत प्रहरी इकाईहरू र जिल्ला ट्राफिक प्रहरीकार्यालय कास्कीको संयुक्त प्रयासमा स्वरूप परिवर्तन गरी समाजमा होहल्ला मच्चाउँदै हिँड्ने, ध्वनी प्रदुषण गर्ने मोटरसाइकलहरू नियन्त्रणमा लिई कारवाही गरेको छ ।

पोखरा
पोखरामा मोटरसाइकलको स्वरुप परिवर्तन (मोडिफाइड) गरिएका १ सय ४९ वटा मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको छ । साउन ३० देखि भदौ २ गतेसम्म १ सय ४९ वटा मोटरसाइल नियन्त्रणमा लिएको  छ । जिल्ला प्रहरी कार्यालय कास्की मातहत प्रहरी इकाईहरू र जिल्ला ट्राफिक प्रहरीकार्यालय कास्कीको संयुक्त प्रयासमा स्वरूप परिवर्तन गरी समाजमा होहल्ला मच्चाउँदै हिँड्ने, ध्वनी प्रदुषण गर्ने मोटरसाइकलहरू नियन्त्रणमा लिई कारवाही गरेको छ ।


पटक पटक समातिएका पटके कारबाहीमा परेकाहरूलाई यातायात व्यवस्था कार्यालय गण्डकीमा कारवाहीका लागी पठाएको छ । सोही समयमा स्वरुप परिवर्तन गर्ने ८ जना वर्कसप संचालकहरूलाई समेत पक्राउ गरी स्वरुप परिवर्तन नगर्ने शर्तमा छाडिएको र हरेक ठाँउमा सचेतनामुलक कार्यक्रम गरी स्टिकर टाँस गर्ने काम भएको जिल्ला प्रहरी कार्यालय कास्कीका सुचना अधिकारी प्रहरी नायव उपरीक्षक बसन्त कुमार शर्माले जानकारी गराउनु भयो ।

Nawa Srijana

पहिलो पटके देखि चौथो पटकेसम्म पक्राउ परेका वाट करिव वाइस लाख राजस्व उठ्ने अनुमान गरेको छ । स्स्वीकृति नलिई सवारी साधनको साइलेन्सर, सिट, रंग, स्वरुप, नम्वर प्लेट, लुकिङ ग्लास, सक,ह्याण्डल, इन्जिन, चेसिसमा परिवर्तन गर्ने वा ध्वनी प्रदुषण हुने खालका पार्टपूर्जा जडान गरेमा सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को वमोजिम रू.१५ हजार सम्म जरिवाना हुने व्यवस्था छ । सवारी धनी र वर्कसप संचालकहरूलाई मुलुकी अपराध संहिता, २०७४ वमोजिम सार्वजनिक शान्ति भंग वा अभद्र व्यवहारको कसूरमा मुद्दा चलाउने साथै स्वरुप परिवर्तन गरी सवारी साधन चलाउँदा पर्ने असरहरू दुर्घटना हुने, ध्वनी प्रदुषण, विरामी, वृद्दवृद्दा, वालवालिका तथा संवेदनशील क्षेत्र (अस्पताल स्कुल) मा प्रत्यक्ष असर पर्ने, कसैले स्वरुप परिवर्तन गरी ध्वनी प्रदुषण गरी मोटरसाइकल चलाएको, स्वरुप परिवर्तन गरेको देखेमा जिल्ला प्रहरी कार्यालयको १०० र जिल्ला ट्राफिक कार्यालयको १०३ मा टेलिफोन गरी सूचना दिन अनुरोध गरेको छ ।

सामुदायिक प्रहरी
अख्तियार अनुसन्धान
Leave A Reply

Your email address will not be published.