भारतिय पर्यटक बोकेको बस मर्स्याङ्दी नदीमा खसेको छ

पोखरा
तनहुँको आँबुखैरेनीस्थित पृथ्वीराज मार्गको दमौली मुग्लिङ सडक खण्ड अन्तर्गत आँबुखैरेनीको ऐना पहरामा मर्स्याङ्दी नदीमा भारतीय पर्यटक बोकेको बस खसेको छ ।

 


पोखराबाट काठमाडौँ हिँडेको यूपी ५३ एफडी ७६२३ नम्बरको भारतीय बस दुर्घटना भएको थियो । बसमा ४० यात्रु सवार रहेको अनुमान गरिएको छ । बसमा भारतीय पर्यटक सवार रहेको तनहुँका प्रहरी प्रमुख वीरेन्द्र बहादुर शाहीले जानकारी दिए । दुर्घटनामा १४ जनाको शव निकालिएको छ । १६ जना घाइतेको उद्धार भएको प्रहरीले जनाएको छ । बस पानीमा तैरिइरहेको र उद्धार कार्य जारी रहेको छ ।

Leave A Reply

Your email address will not be published.