barahi

नेपालभरका फोटोग्राफरले महासंघ बनाए

सुर्खेत । देशभरी बिभिन्न जिल्ला र स्थानहरुमा फोटोग्राफी ब्यावसाय गरिबसेका फोटोग्राफरहरुले आआफ्ना जिल्ला संघ मार्फत आफ्नो ब्यावसायिक हक हित र समयनुकुल प्रबिधी मैत्री बन्न महासंघ बनाएका छन । यही नव निर्मित नेपाल फोटोग्राफर महासंघको पहिलो पूर्ण बैठक सुर्खेतको बिरेन्द्रनगरमा शनिवार सम्पन्न भएको छ । नेपाल भरबाट आएका प्रतिनिधीहरुको पूृर्ण बैठकले नेपाल फोटोग्राफर संघको हालै दर्ता भएको बिधान अनुमोदन गर्नुको साथै उक्त बिधानमा भएका कमीकमजोरी बारे छलफल भएको थियो । सोही बैठकले महासंघलाई सक्रिय सुचारु गराउन र उदेश्य बमोजिम कार्यक्रम गर्न बिबिध विषयमा निर्णय गर्नुको साथै संस्थाका आर्थिक उपसमिति र बिधान संसोधन समिति समेत गठन गरेको थियो । उक्त भेलामा नेपालका बिभिन्न जिल्ला र प्रदेशका १ सय भन्दा बढि प्रतिनिधी उपस्थिती रहेको थियो ।


कर्णाली प्रदेशको सुर्खेतमा भएको नेपालका बिभिन्न जिल्लाका फोटोग्राफर संघका प्रतिनिधी तथा प्रदेश प्रतिनिधी र केन्दिय तदर्थ समिति प्रतिनिधीहरुको बृहत भेलाले महासंघलाई नेपालका ७७ वटा जिल्लामा संस्थागत गठन बिस्तार एवं महासंघमा ऐक्यबद्धता गराउने छलफल भएको थियो । नेपाल फोटोग्राफर महासंघका अध्यक्ष महेन्द्र प्रसाद उपाध्यायको नेपालभर छरिएर रहेका फोटोग्राफरहरुलाई एकै सुत्रमा बाध्ने र फोटोग्राफरको हितका लागि ब्यवसायिक दक्षता बृद्धि गर्नेबारेका बिभिन्न प्रस्तावहरु पेश गरेका थिए । कार्यक्रममा बिभिन्न जिल्लाका जिल्ला अध्यक्ष तथा प्रतिनिधीहरुले आआफ्नो जिल्ला गतिबिधी साथै महासंघको बिकासबारे धारणा ब्यक्त गरेका थिए । सोहि अवसरमा नेपाल फोटोग्राफर महासंघको लागि बिभिन्न अक्षयकोषहरुको घोषणा गरिएको थियो । कार्यक्रममा सुर्खेत फोटोग्राफर समितिको तर्फबाट रु ५० हजार, बरिष्ठ उपाध्यक्ष श्रीराम कडेलबाट रु १० हजार, बर्दिया फोटोग्राफर संघका अध्यक्ष निलकण्ठ गौतमबाट रु ५ हजार महासंघका लागि आर्थिक सहयोग प्रदान गरेका थिए । यसैगरी फोटोग्राफरहरुको हक हित तथा बृतबिकासका लागि महासंघका अध्यक्ष महेन्द्र प्रसाद उपाध्ययले आफ्नो बुबाको नाममा रु ५० हजारको अक्षयकोषको स्थापना गरेका थिए । सोही समारोहमा दाड. उद्योग बाणिञ्य संघका अध्यक्ष तथा महासंघका उपाध्यक्ष बसन्त जोशीले आफनो बुबाको नाममा रु २५ हजार, केन्द्रिय सदस्य कालिका प्रसाद रिमालले पनि आफ्नो बुबाको नाममा रु २५ हजारको अक्षयकोषको स्थापना गरेका थिए । लुम्बिनी फोटोग्राफर संघले लिखिराम चौधरीको नाममा अक्षयकोष स्थापना गर्ने घोषणा गरेको थियो ।

नेपालका संपूर्ण फोटोग्राफरको प्रतिनिधित्व गर्दै आएका फोटोग्राफरहरुको सो कार्यक्रममा केन्द्रिय सल्लाहकार तथा सुर्खेत फोटोग्राफर समितिका पूर्व अध्यक्ष बसन्त कुमार थापा, केन्द्रिय सचिव गणेश दंगाल, स्थानिय ब्यवस्थापन तथा कर्णाली प्रदेश संयोजक तथा महासंघ उपाध्यक्ष बिष्णु भुषाल, सुदुर पश्चिम संयोजक तथा उपाध्यक्ष भूवन जोशी, लुम्बिनी प्रदेशका संयोजक बसन्त जोशी, गण्डकी प्रदेश अध्यक्ष तथा महासंघ उपाध्यक्ष दुर्गा प्रसाद पौडेल, बरिष्ठ उपाध्यक्ष श्रीराम कडेलले आआफ्नो धारणा प्रस्तुत गरेका थिए । महासंघका अध्यक्ष महेन्द्र प्रसाद उपाध्यायको सभापतित्वमा भएको उक्त कार्यक्रममा स्थानिय ब्यवस्थापन समिति तथा सुर्र्खेत फोटोग्राफर समिति पूर्व अध्यक्ष तथा केन्द्रिय सदस्य केशर बहादुर थापाले गरेका थिए भने कार्यक्रम सञ्चालन महासंघका महासचिव डिगम्बर राजबंशीले गरेका थिए । सोही कार्यक्रमको लागि गण्डकी प्रदेशबाट प्रदेश अध्यक्ष तथा केन्द्रिय उपाध्यक्ष दुर्गा प्रसाद पौडेलको नेतृत्वमा ८ सदस्य टोली सहभागी भएको थियो । उक्त भ्रमण टोलीको अन्य सदस्यमा पोखरा फोटोग्राफर संघका अध्यक्ष रामचन्द्र पोख्रेल, उपाध्यक्ष भक्त तामाड., अवार्ड मुल समिति सदस्य लक्ष्मिपती पौडेल, पर्वत फोटोग्राफर संघका अध्यक्ष बिजय शर्मा, लमजुड. फोटोग्राफर संघका अध्यक्ष मिलन शर्मा दनाई, फोटोग्राफर संघ गण्डकीका उपाध्यक्ष नारायण बहादुर के सी, शिक्षा तथा तालिम संयोजक घनश्याम पौडेल सहितको उपस्थिती रहेको थियो ।

Sadak 1

नेपालभरबाट आएका फोटोग्राफरहरु बिच सोही कार्यक्रममा पोखरा फोटोग्राफर एशोसियसनबाट हुन गईरहेको बिभिन्न फोटोप्रतियोगिताहरु र फा्टोग्राफर संघ गण्डकीबाट हुन गएको फोटोप्रतियोगिताबारे पनि जानाकारी गराईएको थियो । कार्यक्रम स्थलमा नै स्टल राखेर प्रतियोगिताका पोस्टर ब्यानर र फोटोग्राफी बारेको पुस्तक बाड्ने तथा बेच्ने कार्य समेत भएको थियो । कार्यक्रममा गण्डकी प्रदेशको प्रस्तुती र कार्यलाई समेत बिशेष चर्चा गरिएको थियो ।

     

Leave A Reply

Your email address will not be published.