सुचना१
newa srijana

नुवाकोटको शिवपुरीमा एअर डाइनेस्टीको हेलिकप्टर दुर्घटना, ५ जनाको मृत्यु

क्याप्टेन अरुण मल्ल र ४ चिनियाँ पर्यटकको ज्यान गयो

नुवाकोटको शिवपुरी गाउँपालिका वडा नम्बर ७ सूर्यचौरमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटनामा पर्दा त्यसमा सवार चार चिनियाँ र पाइलटको ज्यान गुमेको छ।

प्रहरीका अनुसार हेलिकप्टरमा सवार पाँचै जनाको शव घटनास्थलमा भेटिएको छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १ बजेर १४ मिनेटमा उक्त हेलिकप्टर स्याफ्रुबेसीतर्फ उडेको थियो।

Tiger cup

नुवाकोटमा प्रजिअ रामकृष्ण अधिकारीका अनुसार घटनास्थलको उद्धारमा प्रहरी र स्थानीय खटिएका छन्। उक्त हेलिकप्टर केही विदेशी लिएर फेरि स्याफ्रुबेसीबाट काठमाडौँ आउने गरी त्यसतर्फ उडेको थियो।

हेलिकप्टर क्याप्टेन अरुण मल्लले चलाएका थिए। स्थानीयले डाँडामा धुँवा देखेर प्रहरीलाई खबर गरेको प्रहरीले जानकारी दिएको छ।

हेलिकप्टर अरुण मल्लले उडाएका थिए । जसमा सवार चार चिनियाँ पर्यटकमा जुदाड टाङ (पुरुष), जी लि (पुरुष), यियाद वु –महिला) र जेमिङ सी (पुरुष) रहेका छन् ।

Pokhara महोत्सव
वडा नं २६