पृथ्वी नारायण क्याम्पस पोखराले ६५औ वार्षिक उत्सव मनायो

पृथ्वी नारायण क्याम्पस पोखराले ६५औ वार्षिक उत्सव मनायो
पृथ्वी नारायण क्याम्पस पोखराले आफ्नो ६५औ वार्षिक उत्सव मनाएको छ । उक्त अवसरमा क्याम्पस प्रशासन अगाडी झण्डोत्तोलन गर्नुको साथै बृक्षारोपण गरिएको थियो ।
लगत्तै क्याम्पस हाता भित्र रहेको भानुहलमा बार्षिक उत्सव समारोहमा प्रमुख अतिथीको रुपमा आउनुभएका त्रिभूवन बिश्वबिद्यालय शिक्षा अध्यक्ष खड्क के सीले पानसमा बत्ती बालि उद्घाटन गरेका थिए ।
बिशेष अतिथीको रुपमा क्याम्पसको संस्थापक गुरु जर्ज जोन सर, पोखरा नगरपालिकाका मेयर धनराज आर्चाय, गण्डकी प्रज्ञा प्रतिष्ठानका अध्यक्ष सूर्य बहादुर खड्का बिखर्ची लगायतको उपस्थिती रहेको थियो ।
कार्यक्रममा क्याम्पस प्रमुख प्रा डा सरोज कोइरालाले पृथ्वीनारायण क्याम्पसको वार्षिक प्रतिबेदन २०८१ माथी प्रकाश पार्नुभएको थियो ।
उक्त समारोहमा क्याम्पसका प्राध्यापक , शिक्षक, बिद्यार्थी, कर्मचारी र पूर्व बिद्यार्थी एवं क्याम्पससग सम्बद्ध महानुभावहरुको उपस्थिती रहेको थियो ।
पर्यटकिय शहर पोखराको मुटुमा रहेको यो सुबिधा सम्पन्न क्याम्पस जे जस्ता बाधा अवरोध भए पनि नेपालकै ठुलो क्याम्पस बन्न सकेको छ । वास्तवमा यो त्रिभूवन विश्वबिद्यालय अन्तरगतको आफै एक बिश्वबिद्यालय हो । पृथ्वीनारायण क्याम्पस नेपालको सवै भन्दा ठुलो क्याम्पस हो । किनकी यसमा पढ्ने बिद्यार्थीको संख्या हाल पनि १२ हजार भन्दा धेरै छन भने पढाउने शिक्षक ५ सय बढि छन । एक सय जना कर्मचारी छन जस्ले प्रतक्ष रोजगार पाएका छन ।
मानबिकी, बिज्ञान, शिक्षा, कानून र ब्यवस्थापन गरी ५ फ्याकेल्टीमा ३३ विषयमा बिहान दिउसो साझ गरि बिद्यार्थी पढछन । फेरी क्षेत्रफलको हिसावमा पनि ७ सय १५ रोपनीमा फैलिएको यो क्याम्पसका १०८ साना ठुला शैक्षिक प्रशासनिक भवन छन भने ५२ वटा ब्यापारिक सटरकवल छन । करिव ९५ हजार पुस्तक र १० हजार थेसिस रहेको पश्चिमाञ्चल पुस्तकालय, कम्प्युटर ल्याव, प्रयोगशाला, मल्टीमिडिया, सभासेमिनार हल, खानेपानी, छात्रबास एवं खेलमैदानहरु गरेर प्रसस्त पूर्वाधार भएको यो क्याम्पसमा अझै समयसापेक्ष भौतिक संरचनाको खाचो पनि देखिन्छ ।

   

Leave A Reply

Your email address will not be published.