GIF TIGER CUP

भारतका पूर्वप्रधानमन्त्री मनमोहन सिंहको निधन

नयाँ दिल्ली । भारतका पूर्वप्रधानमन्त्री तथा कंग्रेसका वरिष्ठ नेता मनमोहन सिंहको निधन भएको छ।

राजधानी नयाँदिल्लीस्थित अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्स (एआइएमएस) अस्पतालमा उपचार क्रममा निधन भएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन्। अस्पतालले मेडिकल बुलेटिन जारी गर्दै राति ९ बजेर ५१ मिनेटमा सिंहको निधन भएको पुष्टि गरेको छ ।

लामो समयदेखि बिरामी उनलाई बिहीबार साँझ स्वास्थ्य समस्या आएपछि अस्पताल भर्ना गरिएको थियो। मेडिकल बुटेलिटनमा भनिएको छ, ‘गहिरो शोकको साथ हामी भारतका पूर्वप्रधानमन्त्री डा। मनमोहन सिंहको ९२ वर्षको उमेरमा निधन भएको जानकारी गराउँदछौं । उहाँ उमेरसँग सम्बन्धित स्वास्थ्य अवस्थाको लागि उपचार गरिरहनुभएको थियो र बिहीबार घरमा अचानक बेहोस हुनुभएको थियो । बेलुकी आठ बजेर ६ मिनेटमा नयाँ दिल्लीको एम्समा मेडिकल इमर्जेन्सीमा ल्याइएकोमा सबै प्रयासका बाबजुद राति नौ बजेर ५१ मिनेटमा मृत घोषणा गरियो ।’

GIF TIGER CUP

मनमोहन सिंह दुईपटक भारतको प्रधानमन्त्री भएका थिए । उनी सन् २००४ देखि २०१४ सम्म भारतको प्रधानमन्त्री थिए ।

Leave A Reply

Your email address will not be published.