newa srijana

लेखनाथमा चित्रकला प्रतियोगिता

लेखनाथ । लेखनाथ उद्योग वाणिज्य संघले आगामी पुष १८ गतेदेखि माघ १ गतेसम्म २०औ संस्करणको लेखनाथ महोत्सव आयोजना गर्दैछ । महोत्सवकै अवसरमा बिहीबार विद्यालयस्तरीय चित्रकला प्रतियोगिता भएको छ ।

प्रतियोगितामा डायमण्ड मा.वि.की मनिका शाही प्रथम, रिलायन्स पब्लिक स्कुलकी मनिषा गुरुङ द्वितीय, सृर्जना बहिरा माविका सनम गुरुङ तृतीय र विश्वशान्ति माविका सुजल गुरुङ सान्त्वना भए । प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुनेले क्रमशः नगद ७ हजार, ५ हजार, ४ हजार र ३ हजार रुपैयाँ प्राप्त गर्ने छन् । पुरस्कार महोत्सवको मञ्चबाट प्रदान गरिने विद्यालयस्तरीय कार्यक्रम उप–समिति संयोजक एल.पी ढुंगानाले जानकारी दिए । सबै सहभागीलाई प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ ।

सिटीजन फनिच्रर

लेखनाथ उद्योग वाणिज्य संघको सभाहलमा आयोजित प्रतियोगितामा १२ वटा विद्यालयका २७ जना छात्र–छात्राको सहभागीता थियो । प्रतियोगीलाई पोखराको कृषि र पर्यटनसँग सम्बन्धीत चित्र कोर्न भनिएको थियो । निर्णायकको भूमिकामा सृजनशील कलाकार समूहका अध्यक्ष डिबी गुरुङ, मिलन शेरचन र झविन्द्र गुरुङ थिए ।

Mountain run pokhara click

यसअघि प्रतियोगिताको उद्घाटन गर्दै लेखनाथ साहित्य प्रतिष्ठानका अध्यक्ष एवं पोखरा प्रज्ञा प्रतिष्ठानका कुलपति पद्मराज ढकालले पोखरा प्रकृतिको सुन्दर सृजना भएको बताउँदै चित्रकला प्रतियोगिताले विद्यार्थीमासृजनात्मक क्षमताको विकास गराउने बताए । लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष विनोद श्रेष्ठले चित्रकला सँगसँगै महोत्सवमा विद्यार्थी लक्षित शैक्षिक प्रर्दशनी, विज्ञान प्रर्दशनी, नृत्य प्रस्तुति हुने जानकारी दिए । विद्यार्थीहरुलाई महोत्सव अवलोकनको लागि विद्यार्थी परिचयपत्रको आधारमा टिकटमा छुटको समेत व्यवस्था गरिएको उनले बताए ।

विद्यालयस्तरीय कार्यक्रम उप–समिति संयोजक एल.पी ढुंगानाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन संघकी महासचिव जानुका पराजुलीले गरेकी थिइन् ।

Rabin photo