barahi

कर्मचारीलाई मन्त्री थापाको निर्देशन : नतिजामा ध्यान दिनू

पोखरा । गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुदमन्त्री विन्दुकुमार थापाले नतिजा आउने गरि काम गर्न कर्मचारीलाई निर्देशन दिएका छन् ।

बिहीबार मन्त्रालय मातहतको ११ वटै जिल्लाको सामाजिक विकास कार्यालयहरुको कार्यगत प्रगतिको विषयमा जुममार्फत बुझ्दै मन्त्री थापाले कार्यालयका प्रमुखसँगै मन्त्रालयका कर्मचारीलाई नतिजा आउने गरि काम गर्न निर्देशन दिएका हुन् । ‘मन्त्रालय मातहतका सबै निकायले गरेका कामहरुको फेहरिस्त चाहियो । प्रदेश सरकारको कामलाई जनताले अपनत्व गर्ने गरि काम गर्नुस् । वित्तीय र भौतिक प्रगतिले नागरिकलाई लाभ मिल्नुपर्यो,’ उनले भने ।

मन्त्री थापाले स्थानीय सरकारसँग समन्वय गर्दै काम गर्न मन्त्रालयका कर्मचारीलाई निर्देशन दिए । प्रदेशसँग जति अधिकार छ त्यति नै प्रयोग गरि जनताका आकांक्षा पुरा गर्न कर्मचारीलाई उनले भनेका छन् । ‘समस्या अवश्य छन् तर त्यसको समाधानको बाटो पनि छ । जति अधिकार छ त्यति नै प्रयोग गरि काम गर्नुुस् । जनतालाई सहज हुने बाटोमा आएका समस्यालाई चिर्न म तपाईहरुको साथमा छु,’ मन्त्री थापाले भने ।

Sadak 1

मन्त्री थापाले बेरुजु नआउने गरि काम गर्ने कुरामा जोड दिए । उनले प्रदेश सरकारको समाजिक विकास, युवा तथा खेलकुुद मन्त्रालयका गतिविधिहरुको प्रचारप्रसारमा समेत ध्यान दिन कर्मचारीलाई निर्देशन दिए ।

मन्त्रालयका सचिव राजेन्द्रदेव पाण्डेले प्रदेशको महत्वपूर्ण मन्त्रालय सामाजिक विकास, युवा तथा खेलकुुद मन्त्रालय भएको र सन्तोषजनक काम हुने गरि अगाडि बढ्न ११ जिल्लाका सामाजिक विकास कार्यालयका प्रमुखहरुलाई निर्देशन दिए । आर्थिक वर्षको ६ महिना मात्रै बाँकी भएकाले काम गर्नुपर्नेआवश्यकतालाई उनले औंल्याए । सामाजिक विकास कार्यालयमा देखिएको कर्मचारी अभावको विषयमा छलफल भइरहेको र त्यसको पूर्ति हुने गरि मन्त्रालय अगाडि बढेको उनले बताए ।

उपसचिव तोयानाथ लम्सालले विगतभन्दा वर्तमान अवस्थामा मन्त्रालयको काम राम्रो भएको उल्लेख गरे । स्थानीय तहसँग साझेदारी मोडलमा काम गर्दै अगाडि बढ्न सामाजिक विकास कार्यालयहरुलाई उनले आग्रह गरे ।

प्रदेशको ११ वटै जिल्लाका सामाजिक विकास कार्यालयका प्रमुखहरुले वित्तीय एवम् भौतिक प्रगति र समस्याबारे मन्त्रालयलाई जानकारी गराए ।

Leave A Reply

Your email address will not be published.