काठमाडौं । प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिबाट सुरक्षित कारोबार ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक सर्वसहमतिले पारित भएको छ । अर्थ समितिको बिहीबार बसेको बैठकले विधेयक पारित गरेको हो ।
राष्ट्रियसभाबाट पास भएर प्रतिनिधिसभाको अर्थ समितिमा आएको ऐनलाई केही संशोधनसहित पारित गरिएको छ । अर्थ समितिका सभापति सन्तोष चालिसेले सानासाना घरायसी भैँसीबाख्रा किनबेचदेखि अरू कारोबारलाई समेत सुरक्षित बनाउने गरी ऐन पारित गरिएको बताए ।
यो विधेयक संसद्बाट पास भएर कार्यान्वयनमा आएसँगै साना व्यापारीलाई सहज र फाइदा पुग्ने उनको विश्वास छ । समितिले पास गरेको विधेयक अब बस्ने संसद् बैठकमा पेस गर्ने तयारी छ ।