barahi

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल बीआरआई परियोजना अन्तर्गत होइन : योगेश भट्टराई

काठमाडौँ । पूर्वसंस्कति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री एवं नेकपा एमालेका सचिव योगेश भट्टराईले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल बीआरआई परियोजना अन्तर्गत नभएको बताएका छन् । शुक्रबार नेपाल नागरिक उड्डयन प्राधिकरणले आयोजना गरेको एभिएशन मिट—२०२४ः नागरिक उड्ययन र अर्थतन्त्रबारे अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले बीआरआई परियोजना अन्तर्गत भनेर व्याख्या गर्नु गलत भएको बताए ।

उनले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा भएको बीआरआई परियोजनासम्बन्धी भएका १० परियोजनाको सम्झौतामा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नरहेको स्पष्ट देखिएको बताए । उनले सम्झौता हुँदा उल्लेख भएका १० रेल्वे, सडक, शिक्षा र ट्रान्समिसन लाइन लगायतका परियोजनाहरू रहेको भन्दै पोखरा विमानस्थल नभएको बताए ।

भट्टराईले दुई वटा अन्तर्राष्ट्रिय विमानस्थल पूर्णरुपमा चलाउनको लागि प्रोत्साहन गर्नुपर्नेमा जोड दिए । उनले सरकारले केही सहुलियत दिएर भएपनि दुवै विमानस्थललाई सञ्चालनमा ल्याउनुको विकल्प नभएको बताए ।

Sadak 1
Leave A Reply

Your email address will not be published.