GIF TIGER CUP

पोखरामा सुरु भयो सडक महोत्सव

पोखरा । अङ्ग्रेजी नयाँ वर्षको अवसरमा पर्यटकीय राजधानी पोखरामा २६औँ संस्करणको ‘पोखरा सडक महोत्सव’ सुरु भएको छ ।

रेष्टुरेन्ट एण्ड बार एशोसिएसन (रेबान) पोखराको आयोजनामा शनिबारदेखि सुरु भएको महोत्सव पुस १७ गतेसम्म चल्नेछ।

महोत्सवको उद्घाटनअघि लेकसाइडको खहरेबाट सांस्कृतिक झाँकीसहित र्‍याली निकालिएको थियो । र्‍यालीमा ६० भन्दा बढी आमा समूह, विभिन्न जातजातिका प्रतिनिधि, र पर्यटनसम्बद्ध संस्थाको सहभागिता रहेको थियो।

GIF TIGER CUP
Leave A Reply

Your email address will not be published.