newa srijana

कविशिरोमणिको जन्मजयन्तीको अवसरमा कविता प्रतियोगिता

पोखरा । कविशिरोमणि लेखनाथ पौड्यालको १४१ औं जन्मजयन्तीको अवसरमा आयोजित त्रिदिवसीय कार्यक्रमअन्तर्गत लायन्स क्लब अफ लेखनाथले राखेको कविता प्रतियोगितामा जुनियर सिटिजन्स एकेडेमीकी सापेक्षा सुवेदी प्रथम भएकी छन् ।

शनिबार भएको प्रतियोगितामा गोगन माविकी सुजाता पौडेलले द्धितीय र डायमण्ड माविकी योग्यता ढुङ्गानाले तृतीय स्थान हासिल गरिन् । यसैगरी त्रिभुवन शान्ति माविकी सुजाता सापकोटाले चौंथो भएको प्रतियोगिता संयोजक सुन्दर ढकालले बताए ।

सिटीजन फनिच्रर

विजेताहरुलाई कविशिरोमणि लेखनाथ पौड्यालको जन्मस्थल पोखरा–२७ अर्चलेमा आगामी पुस १५ गते हुने मूल समारोहमा पुरस्कारद्वारा सम्मान गरिने लायन्स क्लब अफ लेखनाथका अध्यक्ष कृष्णप्रसाद तिमिल्सेनाले बताए ।

Mountain run pokhara click

कार्यक्रममा पोखरा प्रज्ञा प्रतिष्ठानका निवर्तमान कुलपति एवम् लेखनाथ साहित्य प्रतिष्ठानका अध्यक्ष पद्मराज ढकाल, निर्णायक ऋषिकेश बराल, लेखनाथ जन्मस्थल विकास समितिका कार्यबाहक अध्यक्ष गोपीराज पौडेल, लेखनाथ उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष राजेन्द्र ओझालगायतले शुभकामना मन्तव्य राखेका थिए । प्रतियोगितामा निर्णायकहरु ऋषिकेश बराल, लोकचन्द्र खनाल र सुरेश मानन्धर थिए ।

लायन्स क्लब अफ लेखनाथका सचिव तुलसी सापकोटाले कार्यक्रम सञ्चालन गरेका थिए । आगामी पुस १५ गते हुने मूल समारोहमा लेखनाथ पत्रकार मञ्चद्वारा स्थापित लेखनाथ पत्रकारिता पुरस्कारलगायत विभिन्न पुरस्कार वितरण गरिने छ ।

Rabin photo